‘सत्यदिप’को आयो अर्को टीजर (टीजरसहित)
screennepal
प्रकाशित: २०७३, २३ बैशाख बिहीबार
no img

Satyadeep, screennepal

काठमाडौ । चलचित्र ‘सत्यदिप’ आगामी २१ जेठबाट देशभर प्रदर्शनमा आउँदैछ । आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रले नयाँ प्रोमो सार्वजनिक गरेको छ । बिहिबार बुढासुब्बा डिजिटल प्रालिको युट्युव च्यानलमार्फत प्रोमो सार्वजनिक गरिएको हो । सार्वजनिक नयाँ प्रोमोमा प्रेम, रोमान्स र एक्सनका दृश्य समेटिएका छन् ।
गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने भनिएको ‘सत्यदिप’मा पुष्कर घिमिरेको निर्देशन रहेको छ । चलचित्रमा रवि गिरी, उमा बेबी, दिब्येश्वर गौतम, सबिना केसी, जीवन गिरी, श्याम केसीलगायतका कलाकारको अभिनय छ ।

https://www.youtube.com/watch?v=1sq2MsuHTgA

Comments