सिलगुढीमा खुल्यो कला दिर्घा
screennepal
प्रकाशित: २०७३, २३ बैशाख बिहीबार
no img

काठमाडौं । भारतको सिलिगुडीमा नेपाली मुलका भारतीय व्यवसायीले सुविधा सम्पन्न कला दिर्घा सञ्चालनमा ल्याएका छन् । कसमस मल सिलिगुढीमा त्यहाँका व्यवसायी शक्ति शर्माका साथमा स्थानीय कलाकार र नेपालका (पूर्वी नेपालको झापाका) कलाकारको संयुक्त पहलमा संचालनमा ल्याइएको छ ।
भारतीय कला समिक्षक मृणल घोष र नेपाली कलाकार, कला लेखक तथा पत्रकार केशवराज खनालले संयुक्त रुपमा सो ‘आर्टमार्ट ग्यालरी ’को उद्घाटन गर्नु भयो । ग्यालरी उद्घाटनका क्रममा नेपाली र सिलिगुडीका स्थानिय २५ जना कलाकारका ५० भन्दा बढी कलाकृतिहरु प्रदर्शनीमा राखिएको छ । ईन्डो नेपाल कला प्रदर्शनीमा झापाका छेतेन शेर्पा सागर मगर, विष्णु लिम्बु आदिका साथमा भारतीय कलाकारहरु अमलेश मजुम्दार, अजयकुमार सरकार, दोना सरकार, कौशिक घोष, मृणलकान्ति रोय,शान्तन सरकार, सौभिक चक्रवर्ती, सुभाष चटटपाध्याय,सुशान्त पाल लगायतका स्थापित र केहि नवोदित कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी १ साता सम्म चल्नेछ ।

???????????????????????????????
उद्घाटनका कार्यक्रममा ‘प्रादेशिक कला र यसको व्यवसायीकरण’ विषयमा गरिएको अन्तर क्रियामा प्रमुख अतिथीद्वय घोष र खनालले आ– आफ्नो घारण राख्नु भएको थियो । उहाँका साथमा सिलिगुढीका प्रवुद्ध व्यक्तित्वहरु सुजित राहा, अशोक राई, अमिताभ कान्जिलाल लगायतका व्यक्तित्वले पनि आ– आफ्ना धारणा राखेको थिए ।
कला दिर्घाको बारेमा जानकारी दिदै ग्यालरी संस्थापक व्यवसायी तथा साहित्यकर्मी शक्ति शर्माले स्थानिय स्तरमा सृजिएका कलालाई स्थानिय स्तरमै प्रवद्धन गर्ने र सिलिगुढीलाई कला साहित्यमा अगाडी ल्याउने सोचका साथ ग्यालरी संचालनमा ल्याईएको जानकारी दिनु भयो । कलालाई प्रवद्धन गर्न विभिन्न गतिविधी गर्ने ग्यालरीले जानकारी दिदै शर्माले निकट भविष्यमै नेपाली कलाकारहरुको कला प्रदर्शनी गरिने जानकारी पनि दिनु भयो । ग्यालरीले भारतका विभिन्न भागमा कलाको प्रवद्धनात्मक कार्य गर्दै नेपाली कला र कलाकारलाई पनि ती गतिविधीमा सहभागी गराइने जानकारी शर्माले दिए ।

Comments