‘छेस्को’ मा अर्चना–राजनको किसिङ सीन (टिजरसहित)
screennepal
प्रकाशित: २०७३, २३ बैशाख बिहीबार
no img

काठमाडौं । फस्टलुक पोस्टर रिलिजसँगै चर्चामा पाइरहेको चलचित्र ‘छेस्को’ को पहिलो अफिसियल टिजर पनि सार्वजनिक भएको छ । ‘पोर्न फिल्म खेल्छु’ भनेकै भरमा चर्चामा आएकी अर्चना पनेरु चलचित्रको पोस्टरमा अर्धनिवस्त्र देखिएकी छन् । त्यस्तै, टिजरमा पनि अर्चनाले हट सीन दिएकी छन् । टिजरमा अर्चना र राजन कार्कीको किसिङ सीन देखाएको छ ।

chhesko
आउँदो २१ जेठबाट देशव्यापी रिलिजमा आउने भनिएको यो चलचित्र अर्चनाकै कारण चर्चामा आएको हो । निर्माणपक्षका अनुसार चलचित्र ‘छेस्को’ मा अर्चनाले खलेर बोल्ड सीन दिएकी छन् । यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त प्रस्तुति निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ ।
यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् । साथै, चलचित्रको टिजर र पोस्टर हेर्दै सेन्सर बोर्डले के गर्ला भन्ने प्रश्न पनि उब्जाएको छ । दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ ।

https://www.youtube.com/watch?v=BsFcrhWTWYQ

Comments