अमिताभ–कंगनाले पाए राष्ट्रिय पुरस्कार
screennepal
प्रकाशित: २०७३, २२ बैशाख बुधबार
no img

मुम्बई । बलिउड बादशाह अमिताभ बच्चन र अभिनेत्री कंगना रनावतलगायतलाई यस वर्षको ‘राष्ट्रिय फिल्म पुरस्कार’ प्रदान गरिएको छ । उनीहरुलाई राष्ट्रपति डा. प्रणव मुखर्जीले एक समारोहबीच पुरस्कार प्रदान गरे । समारोहमा बच्चनले ‘पिकु’का लागि ‘उत्कृष्ट अभिनेता’ र कंगनाले ‘तनु वेड्स मनु रिटन्र्स्’का लागि अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएका हुन् । कंगनाले योसहित तेस्रोपटक राष्ट्रिय पुरस्कार पाएकी हुन् ।

04052016054735b9d30ae06f40269358b2fe580ff38c9f
अमिताभको भने यो चौथो राष्ट्रिय पुरस्कार हो । यसअघि उनले १९९० मा ‘अग्निपथ’, २००५ मा ‘ब्लैक’ र २००९ मा ‘पा’बाट राष्ट्रिय पुरस्कार पाएका थिए ।
त्यस्तै, कार्यक्रममा निर्माता तथा निर्देशक सञ्जयलिला भन्सालीले ‘बाजिराव मस्तानी’का लागि निर्देशक र कबिर खानले ‘बजरंगी भाइजान’का लागि उत्कृष्ट हिन्दी फिल्मको अवार्ड ग्रहण गरेका छन् । अभिनेत्री कल्की कोचलिन तथा कोरियाग्राफर रेमो डिसुजालगायतले पनि अवार्ड पाएका छन् ।

amitav
नयाँदिल्लीमा आयोजित समारोहमा अमिताभका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय, पत्नी जया बच्चन र छोरी श्वेता नन्दामा सहभागी थिए ।
‘बाहुबली’ ले यस वर्ष सर्वश्रेष्ठ फिचर फिल्मको अवार्ड पाएको छ भने निर्देशक एस.एस राजामौली तथा निर्माता शोबू यरलाग्दा एवं प्रसाद देवीनेनीले पनि पुरस्कार पाएका छन् । पुरस्कार पाएपछि भन्सालीले भने, ‘यो धेरै राम्रो कुरा हो । यो सरकारको तर्फबाट पाएको सम्मान र मान्यता हो ।’ सलमान खान अभिनीत ‘बजरंगी भाईजान’ले सर्वश्रेष्ठ लोकप्रिय फिल्मका लागि राष्ट्रिय पुरस्कार पाएको छ । यस फिल्मका  निर्देशक कबिर खानले भने, ‘यो फिल्म मेरो लागि खास हो ।’

kangana

Comments