‘वल्र्ड फिल्म फेस्टिवल’ मा नेपाली फिल्म !
screennepal
प्रकाशित: २०७३, २२ बैशाख बुधबार
no img

काठमाडौ । अमेरिकाको क्यालिफोर्नियामा हुने साताव्यापी ‘वल्र्ड फिल्म फेस्टिवल’मा नेपाली चलचित्रले पनि सहभागिता जनाउने भएको छ । फेस्टिवल आगामी जुलाई २२ देखि ३० सम्म मिलकपिटास शहरमा हुँदैछ । नेपाली चलचित्रका लागि फेस्टिवलमा यो अवसर पि.एण्ड एम. इनोभेटिभ सर्भिस नेपालले दिलाएको हो ।

World Film
बुधबार राजधानीमा आयोजित कार्यक्रममा इनोभेटिभ सर्भिसले महोत्सवको पक्षबारे जानकारी गराएको हो । कार्यक्रममा इनोभेटिभ सर्भिस नेपालका निर्देशक शिवराज कार्कीले नेपाली कला संस्कृतिलाई अन्तराष्ट्रिय पहुँचसम्म पु¥याउन नेपाली चलचित्र ‘वल्र्ड फिल्म फेस्टिभलमा’ पठाउन लागेको बताए । ‘नेपाली कलासंस्कृतिलाई विश्वसामु प्रस्तुत गरेर नेपालको गरिमा बढाउन यो एउटा अवसर हुनसक्छ’ निर्देशक कार्कीले भने, ‘यसले नेपाली कलासस्कृतिको मार्केट पनि बिश्वबजारमा बढ्ने अवसर सिर्जना गर्नेछ ।’
बुधबारबाटै ‘वल्र्ड फिल्म फेस्टिवल’ मा सहभागीका लागि चलचित्रहरुलाई आवेदन खुल्ला गरिएको छ । फेस्टिभलमा जुनै भाषामा निर्माण भएका चलचित्र, भिडियो चलचित्र, टेलिचलचित्र, डकमेन्ट्री, म्युजिक भिडियो फिक्सन, ननफिक्सन का मनोरञ्जनात्मक सामाग्रीले सहभागिता जनाउन पाउने जनाइएको छ । नेपाली चलचित्रको सन्दर्भमा भने २०७३ बैशाख ३० गतेभित्र प्रदर्शनमा आएकाले मात्र सहभागिता जनाउन पाउने प्रावधान आयोजकले तोकेको छ । सहभागिताका लागि चलचित्रले यही जेठ ३० गतेसम्म आवेदन फरम भर्नु पर्नेछ ।
बिश्वका ३० भन्दाबढी राष्ट्रहरुको सहभागिता रहने र नियमित आयोजना हुँदै आएको फेस्टिभलमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । फेस्टिभलमा बेष्ट वल्ड इज गोल्ड, बेष्ट क्लासिक आइकन, बेष्ट चलचित्र, बेष्ट फिचर साउथ एसिया, बेष्ट डकुमेन्ट्री, बेष्ट सट फिल्म, बेष्ट निर्देशक ,बेष्ट सट स्क्रीनप्ले, बेष्ट म्युजिक भिडियो, बेष्ट निर्माता, बेष्ट अभिनेता÷अभिनेत्री, बेष्ट डेब्यु निर्देशक, बेष्ट सह–अभिनेता ÷अभिनेत्रीलगायत २२ बिधामा पुरस्कृत जनाइएको छ । प्रत्येक बिधाका लागी आवेदन परेका चलचित्र तथा चलचित्रकर्मीमध्येबाट छानिन सफल उत्कृष्ट पाँचले मात्र महोत्सवमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

Comments