‘छेस्को’ Exclusive फस्टलुक : अर्चनाको यस्तो अवतार !
screennepal
प्रकाशित: २०७३, २० बैशाख सोमबार
no img

काठमाडौं । चलचित्र ‘छेस्को’ को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको फस्टलुक स्क्रीन नेपालमार्फत सोमबार सार्वजनिक गरिएको हो । पोस्टरमा अर्चना पनेरुलाई मुख्य प्राथमिकता दिइएको छ, जो ‘पोर्न फिल्म खेल्छु’ भनेर चर्चामा आएकी युवती हुन् । अर्चनासँगै पोस्टरमा राजन कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । यो चलचित्र आउँदो २१ जेठबाट देशव्यापी रिलिज हुँदैछ । यससँगै अर्चनाको डेब्यु चलचित्र भनिएको ‘जिस्म’ भन्दा यो अगाडि रिलिज हुने भएको छ ।

chhesko
यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त पस्तुति निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ । छेस्को सानो सिन्को भएपनि यसले खुट्टामा बिझाउने घाउ त्यसलाई मात्र थाहा हुने सन्देश दिने निर्माणपक्षको दावी छ । यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।
दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।

Comments