‘द वीनर’ को आयो गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २० बैशाख सोमबार
no img

काठमाडौं । हिक्मत बिष्टद्वारा निर्देर्शित चलचित्र ‘द विनर’को राजधानीमा एक कार्यक्रमबिच फस्टलुक र गीत सार्वजनिक गरिएको छ ।
चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा चलचित्रको ‘आयौ तिमी मेरो जीवनमा’ बोलको भिडियो गीत सार्बजनिक गरिएको हो ।

IMG_8578 (1)
सार्बजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रबिशा अधिकारी र किरण भुजेलको स्वर छ । गीत र टिजरको बोर्ड अध्यक्ष राजकुमार राईले प्रसंशा गरे । उनले बलिउड फ्लेबरमा चलचित्रले संकेत देखाएको भन्दै स्तरीय चलचित्र निर्माणमा रहेका निर्माता र कलाकारलाई सफलताको लागि शुभकामना दिए ।
कार्यक्रममा पुर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, नायक महेशमान श्रेष्ठ, मञ्चिन शाक्य, कलाकार राजकुमार पन्त, रेशु तामाङ र अमित गिरि सहभागी थिए । कार्यक्रममा निर्माण कम्पनीका प्रमुख सुबोध ठकुरी, निर्माता बिकास खरेल, रितेश राणा, निर्देशक हिक्मत बिष्टलगायतका कलाकारले फिल्मबारे बोलेका थिए ।
चलचित्रमा सृजना शाह, बिकास खरेल, अमित गिरि, राजेशप्रसाद जोशी र निरज श्रेष्ठले लगानी गरेका हुन् । यस्तै चलचित्रको कार्यकारी निर्माता रितेश राणा र सुशिल पन्त हुन् । यो चलचित्रको भदौ १७ मा प्रदर्शन हुनेछ ।

Comments