राधा बन्दै सञ्चिता !
screennepal
प्रकाशित: २०७३, २० बैशाख सोमबार
no img

कठमाडौं । करिब डेढ बर्षको होमवर्कपश्चात निर्देशक योगेश घिमिरेले नयाँ फिल्म निर्देशन गर्दैछन् । उनले ‘राधा’ शीर्षकमा फिल्म बनाउन लागेका हुन, जसको मुख्य कलाकारमा सञ्चिता लुइँटेल र जीवन लुइँटेल फाइनल गरिएको छ । फिल्ममा सञ्चिता राधाको रोलमा देखिने भएकी छन् ।

radha team
प्रायजसो जीवन र नीता ढुंगानालाई आफ्नो फिल्ममा लिँदै आएका योगेशले योपटक नीता नलिएर सञ्चितालाई लिनुको कारण पनि खुलाएका छन् । उनले भनेका छन्, ‘राधामा नीता जी फिट हुनु भएन । त्यसैले पात्रको न्याय गर्न मैले संचिता जी छनोट गरेको हुँ ।’
नारी केन्दित कथा रहने उक्त फिल्मको छायाँकन बैशाख २२ गते देखि सुरु हुँदैछ । गएको बर्ष हामीले प्रेम गीत, क्लासिक र डिम्स जस्ता उच्च क्वालिटीका फिल्म हेर्यो त्यसैले मेरो टिमले पनि त्यस्तै क्वालिटीमा फिल्म बनाउँने गरी राधाको तयारी पूरा गरेको छ । निर्देशक घिमिरेले दावी गरेका छन् ।
उनको भनाई अनुसार टेक्निक्ली होस वा प्रोडक्सन भ्यालु हरेक पछमा फिल्मलाई आकर्षक बनाउँन कुनै कन्जुसाई गरिने छैन् ।

यस्तै समय सापेछ अनुसारको स्क्रिप्ट लेखन र त्यसको ल्याङवेज मेकिङमा पनि त्यतिकै मिहिनेत गरिएको उनको तर्क छ । राधाको स्क्रिप्ट प्रदीप भारद्धाजले लेखेका हुन् भने सिनेमाटोग्राफी डिपार्टमेन्ट डिओपी पुरुषोत्तम प्रधानको टिमले ह्यान्डल गर्नेछ ।

म्युजिक मेकिङचाँहि बसन्त सापकोटाले हेरेका छन् भने कोरियोग्राफीको पाटोमा कविराज गहतराज र एक्सनको पाटोमा फाईट डाईरेक्टर हिमाल केसीको युनिट रहने छ । यस फिल्मको छायाँकन पूर्वको ईलामदेखि लिएर सिक्किमसम्म हुनेछ । आउँने दसैको छेकमा रिलिज लक्ष्य राखिएको यस फिल्मलाई रियल मोसन पिक्चर्सको ब्यानरले निर्माण गर्न लागेको हो ।।

Comments