सभागृहमा विश्वप्रसिद्ध भारतीय जादुगरले अलौकिक जादू देखाउँने
screennepal
प्रकाशित: २०७३, २० बैशाख सोमबार
no img

काठमाडौं । विश्वप्रसिद्ध भारतीय जादुगर कृष्ण भण्डारीले आगामी शनिबार राजधानीस्थित राष्ट्रिय सभागृहमा दुई घन्टा आफ्ना अलौकिक जादू (म्याजिक शो) प्रस्तुत गर्ने भएको छन् ।
विश्वप्रसिद्ध गाडी फक्सवागेनले ‘फक्सवागेन म्याजिक एक्चेन्ज’ कार्यक्रमअन्तर्गत भण्डारीमार्फत उनको जादूकला काठमाडौंमा प्रस्तुत गर्न लागिएको हो ।

krishna vandari jadugar
राजधानीमा सोमबार आयोजित पत्रकार भेटघाटमा फक्सवागेनको आधिकारिक बिक्रेता पुजा इन्टरनेशलन नेपाल प्रालिका सहायक प्रबन्ध निर्देशक देभासिस विश्वासले भने, ‘हामीले गत २८ अप्रिलबाट ६ मेसम्म हाम्रो पानी पोखरी र थापाथली शोरुमबाट बिहान १०ः३० देखि बेलुका ६ बजेसम्म फक्सवागेन एक्सचेन्ज अभियान चलाउँदै आएका छौं । सोही अभियानमा आफ्नो फक्सवागेनको पुरानो कार भ्यालुएसन तथा नयाँ कार खरिदका लागि बुक गरेका ग्राहक तथा परिवारलाई २५ बैशाखमा राष्ट्रिय सभागृहमा कृष्ण भण्डारीको जादू देखाउन लागिएको हो ।’

IMG_6138
सहायक प्रबन्ध निर्देशक विश्वासले फक्सवागेनको दुबै शोरुममा परिवार सहित आएर फक्स वागेनकै पुरानो गाडी भ्यालुएसन तथा नयाँ गाडी खरिद गर्नेका लागि बुक गर्ने ग्राहकलाई फेस पेन्टिङ, किड्स कर्नर, फुड कर्नर जस्ता विविध मनोरञ्जन प्रधान सेवाहरु पनि दिँदै आएको बताए ।
पुजा इन्टरनेशलनका बरिष्ठ बजार निर्देशक अनुप नकर्मीले भने,‘कृष्ण भण्डारीले मञ्चबाट ट्रक देखि हात्ती समेत गायक गर्नु हुनेछ । उहाँले हाम्रो कार्यक्रममा कार, युवती लगायत विभिन्न कुरा गायक गर्ने तथा थरी थरीका जादु देखाउनु हुनेछ ।’ नकर्मीले अगाडि थपे,‘हामीले कार्यक्रमको नाम नै म्याजिक एक्सचेन्ज राखेकाले यो एक्सचेन्ज अभियानमा सहभागी हुने हरेक ग्राहकलाई भण्डारीको जादू कला मार्फत हर्षित तुल्याउने छौं ।’ ७ जना कलाकारको टोली सहित नेपाल आउने भण्डारीले दुई घन्टामा विश्वासै गर्न नसक्ने विभिन्न जादूकला प्रस्तुत गर्ने पनि नकर्मीले जानकारी गराए ।
फक्स वागेनका कारहरु २६ लाख देखि एक करोड ५० लाख भन्दा माथिमूल्य पर्ने पनि नकर्मीले बताए । आफुसँग फक्सवागनेको कार छैन भने कुनै साथीको पुरानो कार ल्याएर भए पनि भ्यालुएसन गरी कृष्ण भण्डारीको जादु हेर्न निशुल्क टिकेट लिन पनि उनले अनुरोध गरे । सञ्चारकर्मी र फक्स वागेनका ग्राहकलाई लक्षित गरिएको कृष्ण भण्डारीको जादूको टिकट अन्यत्र किन्न नपाईने पनि उनले स्पष्ट पारे । आफ्ना ग्राहकलाई मनोरञ्जन सेवाका लागि जादूगर भण्डारीको जादू आयोजना गर्न लागिएको पनि नकर्मिले बताए ।

Comments