फेरि जम्दै अजय–ऐश्वर्या जोडी !
screennepal
प्रकाशित: २०७३, १९ बैशाख आईतवार
no img

मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चन हिजोआज आफ्नो पछिल्लो फिल्म ‘सरबजीत’ को प्रमोशनमा व्यस्त छिन् । केही दिनअघि ऐश्वर्याले एक कार्यक्रमको दौरानमा आफूलाई फिल्म ‘बादशाह’ का लागि प्रस्ताव आएको समेत उनले सुनाउन भ्याइन् ।
भनिन्छ, बलिउडका चर्चित निर्देशक मिलन लुथरिया अजय देवगनलाई दिएर फिल्म ‘बादशाह’ बनाउँदैछन् । यस फिल्मको स्क्रिप्ट ऐश्वर्यालाई पनि औधि मनपरेको छ । त्यसैले ऐश्वर्या एकपटक फेरि सिंघम स्टार अजय देवगनसँग रोमान्स गरेको दर्शकले देख्न पाउने सम्भावना छ । यसअघि ऐश्वर्या र अजय ‘हम दिल दे चुके सनम’, ‘रेनकोट’ र ’खाकी’ मा सँगै देखिएका थिए ।

Aishworya
निर्देशक मिलन लुथरियाले निकै अघिदेखि आफ्नो फिल्मका लागि अजयको अपोजिट अभिनेत्रीको खोजी गरिहेका छन् । यसै सिलसिलामा यसअघि करिना कपूर र प्रियंका चोपडासँग पनि उनले कुरा गरिसकेका छन् । तर, पछिल्लो समाचार अनुसार फिल्ममा अजयको अपोजिट ऐश्वर्या हुने पक्का जस्तै छ । Agency

Comments