करिश्मा निवासमा नयाँ शक्तिको बैठक
screennepal
प्रकाशित: २०७३, १९ बैशाख आईतवार
no img

ललितपुर । आम नेपालीको समृद्ध, समावेशी र विकसित नेपाल निर्माणको प्रवल चाहनालाई पूरा गर्ने भन्दै बैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि जुटेको नयाँ शक्ति नेपालको आज ललितपुरको टौखेलस्थित नायिका करिश्मा मानन्धरको निवासमा एक अन्तरक्रिया गरिएको छ ।

asta sir
‘वर्तमान राष्ट्रि«य अवस्था र वैकल्पिक राजनैतिक शक्तिको आवश्यकता’ बिषयक अन्तरक्रियामा प्रमुख अतिथि नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जनताको आर्थिक समृद्धि र जीवनस्तरको बिकास नै नयाँ शक्तिको प्रमुख एजेण्डा रहेको बताए । कार्यक्रममा युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा.अष्टमान किसी महर्जनले नयाँ शक्ति पार्टी मूलुकको तेस्रो राजनैतिक शक्ति बनेर क्रमशः जनताको मन जित्दै पहिलो पार्टी बन्न सफल होस् भन्दै शुभकामना दिएका थिए ।
यस पार्टीले माक्र्सवाद बिर्सन नहुनेतर्फ सचेत समेत उनले गराए ।
केन्द्रीय सदस्यसमेत रहेकी करिश्माले स्वागत मन्तब्य राख्दै नेताहरुलाई गालीमात्र गर्ने प्रवृत्ति हटाएर आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखिन् । उनले आफू एक सेलिब्रेटीमात्र नभएर यस मुलुककी चेलीबेटीसमेत भएकाले नयाँ शक्तिमा समाहित भएको सुनाइन् ।

Comments