नयाँदिल्ली । बलिउडकी हट अभिनेत्री बिपाशा बसु शनिबार ब्वायफ्रेन्ड करण सिंह ग्रोबरसँग विवाह बन्धनमा बाँधिएकी छन् । बिपाशाको विवाह समारोहमा विभिन्न बलिउड कलाकारहरु सहभागी थिए । कुनै समय बिपाशाको अभिनेता जोन अब्राहमसँग नाम समय रोमान्स चलेको थियो । त्यसपछि केही वर्ष सिंगल बसेकी बिपाशा करणको प्रेममा परेकी थिइन् । करणको यो तेस्रो विवाह हो । यसअघि टिभी अभिनेत्री जेनिफर विन्जेट र श्रद्धा निगमसँग करणले विवाह गरेका थिए । जेनिफरसँग केही दिनअघि मात्र कानुनी रुपमा सम्बन्धविच्छेद भएपछि बिपाशासँग लगनगाँठो कसेका हुन् । तस्बिर : एजेन्सी