सानोमा पैसा चोर्थिन् जेनिफर !
screennepal
प्रकाशित: २०७३, १८ बैशाख शनिबार
no img

काठमाडौं । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले सानो हुँदा आफ्नी आमाको पर्सको पैसा चोर्ने गरेको खुलासा गरेकी छन् । हलिउड वेबसाइटको एक रिपोर्टअनुसार ४७ वर्षीया एनिस्टनले भनेकी छन्, ‘सानोमा म सधैं आमाको पर्सबाट पैसा चोर्ने गर्दथे ।’ उनले यति नै चोरे भनेर त बताएकी छैनन् । तर, चोरेको पैसाले आफ्नो साथीसँग भिडियो गेम खेल्ने गरेको बताएकी छन् । एक पत्रिकाको प्रश्नमा एनिस्टनले आफ्नो बच्चपनमा खराब बानीबारे बताउँदै भनिन्, ‘मलाई थाहा त छैन तर आमाको पर्सबाट पैसा निकालेर लान्थे । शायद एक डलर निकाल्थे होला । मैले धेरै रकम निकाल्दिनँ थिएँ ।’

jenifar
जेनिफर एनिस्टनका अनुसार उनी बच्चा हुँदा एक डलर पनि धेरै माया गरेर राख्थिन् । उनी प्राय भिडियो गेम खेल्थिन् । हालै मात्र यी अभिनेत्री ‘पीपुल’ म्यागजीनले ‘मोस्ट ब्यूटिफुल वुमन २०१६’ घोषित गरेको थियो । एक हलिउड वेबसाइटका अनुसार जेनिफरलाई यो सम्मान दोस्रोपटक दिइएको हो । (एजेन्सी)

Comments