करणको तेस्रो भएर भित्रिइन् बिपाशा
screennepal
प्रकाशित: २०७३, १८ बैशाख शनिबार
no img

नयाँदिल्ली । बलिउड अभिनेत्री बिपाशा बसु आज आफ्नो ब्वोयफ्रेन्ड करण सिंह ग्रोबरसँग विवाह बन्धनमा बाँधिएकी छन् । भनिन्छ, यो करण सिंह ग्रोवरको तेस्रो विवाह हो । यसअघि टिभी अभिनेत्री जेनिफर विन्जेट र श्रद्धा निगमसँग उनले विवाह गरेका थिए । जेनिफरसँग करणको केही दिनअघि मात्र सम्बन्धविच्छेद भएको थियो । करणको यस तेस्रो विवाहसँगै जेनिफरसित पनि सम्बन्ध सधैका लागि टुटेको छ ।

bipasha91
अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्र्तवार्तामा जेनिफरले बिपाशा र करणलाई विवाहको शुभकामना दिएकी छन् । जेनिफरले भनेकी छन्, ‘म उनीहरुको जीन्दगी खुसी रहेको देख्न चाहन्छु । दुवैलाई दाम्पत्य जीवनको शुभकामना ।’

Comments