अब लिम्बू फिल्म अवार्ड पनि !
screennepal
प्रकाशित: २०७३, १८ बैशाख शनिबार
no img

काठमाडौं । अवार्ड नै अवार्डको भीडमा अब लिम्बू फिल्म अवार्ड पनि हुने भएको छ । फाल्गुनन्द लिङदेन फिल्स प्रालिले राजधानीमा एक कार्यक्रम गरि लिम्बू फिल्म अवार्ड ‘एफएलएफ अवार्ड–२०७३’ घोषणा गरेको हो । पूर्वरक्षा मन्त्री तथा नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा सोही व्यानरद्वारा निर्माण भएको चलचित्र ‘काबेली’ का कलाकार र प्राविधिकलाई सम्मान समेत गरिएको थियो ।

upasna 1
लिम्बु भाषा, कला, संस्कृति–संस्कार आदिलाई थप बिकास र विस्तार गर्न गराउने उद्देश्यले अवार्ड गर्न लागेको फाल्गुनन्द लिङ्देन फिल्म प्रालिका निर्देशक दिनेश लिङ्देनले बताए ।

Comments