यि हुन् ‘बाहुन डन’ !
screennepal
प्रकाशित: २०७३, १८ बैशाख शनिबार
no img

काठमाडौं । पत्रकारितामा पहिचान बनाइसकेका अशोक धिताल अहिले कलाकारितामा जम्दै गएका छन् । ०५९ सालबाट रेडियो एचबिसीमार्फत पत्रकारिता शुरु गरेका धितालले झन्डै आठ बर्ष नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालकको रुपमा कार्यरत रहे । कलाकारिताको क्षेत्रमा उनको प्रवेश मोडलिङबाट शुरु भएको हो ।

ashok2
९० को हाराहारीमा म्युजिक भिडियोमा मोडलिङ गरिसकेका अशोक पछिल्लो समयमा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको सिरियल भद्रगोलमा व्यस्त छन् । टेलिसिरियल भद्रगोलमा उनले ‘बाहुन डन’ को भूमिका निभाइरहेका छन्, जुन दर्शक पात्रलाई दर्शकले औधि मन पराएका छन् ।
माया मोहनी र लभ ईन क्राइम नामक चलचित्रमा नायकको रुपमा काम गरेको भएपनि उक्त चलचित्र प्रदर्शनमा आउन सकेको छैन । उनले नायकको रुपमा काम गरेको चलचित्र जुन सार्वजनिक भयो । त्यसले भने राम्रै सफलता दिलायो । वादी समुदायमा आधारित चलचित्र मेरो कथाले २०७० सालको उत्कृष्ट राष्टिय पुरस्कार दिलायो । जुन पुरस्कार तत्कालिन राष्टपति रामवरण यादवको हातबाट प्रदान गरिएको थियो । भविष्यमा कलाकारिताको क्षेत्रलाई नै निरन्तरता दिने मनसाय बोकेका अशोकले हाँस्य व्यंग्यमात्र नभएर सबै खाले भुमिकामा देखिन चाहेको सुनाए ।

Comments