आदिबासी चलचित्र उत्सव सम्पन्न : उत्साहजनक दर्शक
screennepal
प्रकाशित: २०७३, १८ बैशाख शनिबार
no img

काठमाडौं । साताव्यापी आदिबासी जनजाति चलचित्र उत्सब–२०७३ सम्पन्न भएको छ । सांस्कृतिक संस्थान र आदिबासी जनजाति चलचित्र महासंघको आयोजनामा ११ बैशाख देखि १७ गतेसम्म संचालित उत्सव शुक्रबार एक बिशेष समारोहका साथ सम्पन्न गरिएको हो ।

_MG_6785
आदिबासी जनजाति चलचित्रको बजार प्रबद्र्घन गर्ने उद्देश्यका साथ संचालित उत्सबमा चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डले पनि सहयोग गरेका थिए । उत्सवमा हिमाल पुन मगरद्घारा निर्देशित मगर समुदायको लघु चलचित्र सोरठी र सञ्जोग लाफा मगरद्घारा निर्देशित चलत्रिच आसे, पशुराम चौधरीद्घारा निर्देशित थारु समुदायको बेटी र टोमा लामाद्घारा निर्देशित मुगाल समुदायको सोल्जी, आशिस सुनुवारद्घारा निर्देशित सुनुवार समुदायको क्योङ, नबिन सुब्बाद्घारा निर्देशित लिम्बु समुदायको नुमाफुङ, प्रितम गरुङद्घारा निर्देशित गुरुङ चलचित्र पाते २, सरिना गरुङद्घारा निर्देशित राई संस्कृतिमा आधारित चलचित्र रिसिम र अमिर दोङ निर्देशित तमाङ चलचित्र ङाला माया प्रदर्शन गरिएको थियो ।
समापन समारोहमा प्रमुख अथिति राजकुमार राईले चलचित्र निर्माता÷निर्देशक तथा सहयोगीहरुलाई कदरपत्र बितरण गरेका थिए । राईले कार्यक्रमलाई सम्बोधन गर्दै अब केहि दिनमै आदिबासी जनजाती चलचित्र अनुकुलमा राज्यको नीति आउने बताए । समापनको क्रममा सहयोगी सम्पूर्णलाई धन्यबाद दिदैं उत्सब सोचेभन्दा सफल भएको आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले बताए । बैशाख २४ गते देखि सोही हलमा नियमित आदिबासी जनजाती चलचित्र प्रर्दशन हुने पनि सुनुवारले बताए । उत्साह जनक दर्शकको उपस्थिति रहेको उत्सब कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चार मन्त्री शेरधन राईले गरेका थिए ।

Comments