बन्ने भो चलचित्र ‘टिनएज’
screennepal
प्रकाशित: २०७३, १३ बैशाख सोमबार
no img

काठमाडौ । दुई दशकदेखि चलचित्र नृत्य विधामा क्रियाशील दिनेश पाख्रिनको निर्देशनमा चलचित्र ‘टिनएज’ बन्ने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा चलचित्रको शुभ–मुर्हत गरिएको छ । चलचित्रको छायांकन सोमबारबाटै सुरु गरिएको निर्देशक दिनेशले बताए ।

Teenage 12
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी बसुन्धरा भुषालले क्ल्याप पड्काएकी थिइन् भने राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक डिबी गुरुङले मुर्हत शटको निर्देशन गरेका थिए । कार्यक्रममा नरेशबिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्कालगायतले मुर्हत शट दिएका थिए ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष राईले चलचित्र क्षेत्रको हकहितका खातिर आफुले दिनरात काम गरिरहेको जानकारी गराए । आफ्नो धेरै मिहनतले सेलिब्रेटी कार्डको रुपमा एक प्रक्रिया सुरु भएको बताउँदै उनले घुमाउरो भाषामा कार्डको बिरोध भन्दा पनि सुधारेको पक्षबारे सुझाव दिन आग्रह गरे ।
कार्यक्रमम रंगपत्रकार सानुकाजी श्रेष्ठ, बरिष्ठ कलाकार बसुन्धरा भुषाल, समाजसेवी डिबी गुरुङलगायतले चलचित्र राम्रो बनाउन सुझाए ।
स्व.बसन्तजंग रायमाझीको कथा, दिनेश पाख्रिनको पटकथा ÷निर्देशन रहने चलचित्र चिनिमाया वाइवा (पाख्रिन), देविका खड्का, कृष्ण कुरुवाङको लगानीमा निर्माण हुन लागेको हो ।
चलचित्रमा नरेशबिर सिंह, अञ्जली खड्गी, सरोजकुमार शाह, प्रतिक्षा खड्का, रविन्द्र खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्याय, अजय खड्का, उदय सुब्बा, निर्मल लामालगायतको अभिनय रहनेछ । सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेको यस चलचित्रमा महेश गोदार, दिक्षा पाख्रिन, सोम लामा, लिगेस भट्टराईको नृत्य, राजु किरातीको द्धन्द्ध रहनेछ ।

Comments