नरगिस भन्छिन्, ‘अब अमेरिकामै सेक्स कमेडी फिल्म खेल्छु’
screennepal
प्रकाशित: २०७३, १२ बैशाख आईतवार
no img

मुम्बई । बलिउड अभिनेत्री नरगिस फाखरीको यो खबरले उनका कतिपय फ्यानलाई दुःख पनि लाग्नसक्छ, जबकि, यी अभिनेत्रीले अबदेखि एडल्ट तथा कमेडी सेक्स फिल्म गर्ने सोचमा परिवर्तन गरेकी छन् । ३६ वर्षीया अमेरिकन मोडल नरगिस चाँडै ‘हाउसफुल–३’ मा देखिँदैछिन् । भनिन्छ, अबका दिनमा उनले बलिउडमा काम गर्न चाहेकी छैनन् ।

nargis-fakhri
नरगिस भन्छिन्, ‘म कुनै एडल्ट र सेक्स कमेडी फिल्म गर्दिनँ । इन्डिया र अमेरिका, जर्मनी तथा लन्दनका दर्शकको सेन्स ह्यूमर एकदमै फरक छ । तर भविष्यमा म अमेरिकामा एडल्ट र कमेडी सेक्स फिल्म गर्न सक्नेछु । तर, इन्डियामा कहिल्यै गर्दिनँ ।’
रकस्टारजस्ता हिट दिएकी नरगिसका अनुसार हिन्दी फिल्मका अधिकांश निर्देशक कमेडी सेक्स फिल्म बनाउन रुचाउँछन् । –एजेन्सी

Comments