सत्यराजको ‘मुधशाला’ अनिताका लागि
screennepal
प्रकाशित: २०७३, १२ बैशाख आईतवार
no img

काठमाडौं । नेपाली सुगम संगीतका प्रखर गायक सत्यराज आचार्यले आफ्नै स्वर, संगीत र रचनामा अडियो गीत गजल संग्रह तयार पारेका छन् । मधुशाला नाम दिइएको यो गीत गजलको एल्बमलाई नेपाली गीत गजल संगीतको ईतिहासमै एउटै स्रष्टाको स्वर, संगीत र रचनाको सम्भवतः पहिलो एल्बम हो ।

Satyaraj acharya
विन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन र वितरण गर्ने यो गीति गजल एल्बममा ८ वटा गीत गजल छन् । यसका सबै गजलमा संगीत संयोजन एकल रुपमा किरण कँडेलले गरेका छन् । बिन्ध्यवासिनी म्यूजिक प्रालिले चाँडै बजारमा ल्याउने तयारी गरेको एल्बममा संगृहीत एउटा गजल ‘गोरीभन्दा मलाई त काली मनप-यो, अलि सोझी अलिअलि जाली मन प-यो’ भने सत्यराजले आफ्नो चौथो बैबाहिक वर्षगाँठ पारेर सोमबार बैशाख १३ गते आप्mनी श्रीमती अनिता थापालाई बैबाहिक वर्षगाँठको उपहारका रुपमा सार्वजनिक गर्दैछन् ।’ ‘यो गीत गजल मैले अनितालाई नै डेडिकेटेड गरेर तयार पारेको हुँ, त्यसैले म्यारिज एनिभर्सरी पारेर एल्बम सार्वजनिक गर्नुअघि नै उनलाई एनीभर्सरी गिप्mटका रुपमा यो गजल सार्वजनिक गर्न लागेको हुँ’ गायक आचार्यले भने ।

satyaraj

पत्नी अनिता र छोरासँग सत्यराज ।

सत्यराजका अनुसार यो गीत गजल बैशाख १३ गते सोमबारका दिन सम्पूर्ण एफएम रेडियो, टेलिभिजन, युट्यूब, फेसबुकलगायत सामाजिक सञ्जालमार्पmत सार्वजनिक हुनेछ । यो गीत गजलको म्युजिक भिडीयो पनि बनिसकेको छ । भिडियोमा सत्यका साथमा पहिलोपटक उनको अर्धागिंनी अनिताले अभिनय गरेककी छन् । भुषण दाहालको निर्देशन रहेको म्युजिक भिडीयोमा अनिता गर्भवती देखिएकी छन् । तर, यो केवल अभिनयमात्र भने होइन । म्युजिक भिडियोको छायांकन गर्ने समयमा उनी वास्तवमै ७ महिनाको गर्भवती थिइन् । त्यतिखेर अनिताको गर्भमा रहेका छोरा संगीतराज आचार्य अहिले डेढ बर्षको भइसकेका छन् । भिडियो धिरजजंग शाहले खिचेका छन् भने सम्पादन भरत रेग्मीले गरेका छन् ।

Comments