विजनेश रफ्तार बढाउँदै ‘हाउ फन्नी’
screennepal
प्रकाशित: २०७३, १२ बैशाख आईतवार
no img

काठमाडौं । शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘हाउ फन्नी’ सोचेभन्दा राम्रो व्यापार गरिरहेको निर्माणपक्षले जनाएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीका हलहरुमा अकुपेन्सी ७० देखि ९० प्रतिशतसम्म पाएकोमा शनिबार हाउसफुलको भएकोक जनाइएको छ ।

IMG_2887
‘फिल्मले राम्रो गर्यो’ भन्ने वितरकमार्फत खबर सुनेपछि फिल्मकी निर्देशक निलु डोमा शेर्पा उत्साहित भएकी छन् । डेब्यु निर्देशन भएकाले पनि उनी प्रायः हलहरुमा आफै पुगिरहेकी छन । ‘शनिबार राजधानीको प्रायः सम्पूर्ण हल हाउसफुल थियो’ उत्साहित छु निलुले भनिन्, ‘नामजस्तै दर्शकलाई हँसाउँन सफल भइरहेको छ चलचित्रले ।’ दर्शकले रुचाएपछि निर्देशकको ओठमा समेत हाँसो देखिएको छ ।

how funny 5
राजधानी बाहिर पहिलो दिन २२ हल पाएको यस फिल्मले दोस्रो दिन २५ हल पाएको छ । राजधानीमा भने यसले पहिलो दिन १५ हल पाएको थियो भने दोस्रो दिन मल्टिप्लेक्समा शो बढेको छ । क्युएफएक्समा २ शो बढाएको छ भने क्युज, बिग, एफक्युबलगायतले पनि दोस्रो दिन ‘हाउ फन्नी’ को शो बढाइएको छ ।
मल्टिप्लेक्समा बिक्ने अनुहारहरुको राम्रो उपस्थिति रहेको यो फिल्म सिंगल स्क्रिनमा पनि राम्रै ब्यापार गरिहेको छ । ‘हामीले मल्टिप्लेक्स त सोचेका थियौं’ निलुले सुनाइन्, ‘तर सिंगल स्क्रिन पनि हाउसफुल भइरहेको छ ।’ फिल्मले दुई दिनमा ५० लाख ग्रस कलेक्सन गरेको उनको भनाइ छ ।
सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, दयाहाङ राई, निशा अधिकारी, अनुपविक्रम शाही, शिशिर राणा, विजय बराललगायतको अभिनय रहेको छ । शान बस्न्यातको लेखन रहेको यस फिल्ममा दुई जासुसको जासुसीलाई कमेडीशैलीमा प्रस्तुत गरिएको छ ।

Comments