टुँडिखेलमा धुम मच्चाउँन आउँदै सोनाक्षी र मलाईका !
screennepal
प्रकाशित: २०७३, १२ बैशाख आईतवार
no img
Sonakshi sinha

Sonakshi sinha

काठमाडौं । पछिल्लो केही समययता बलिउड कलाकारहरु नेपाल आउँने क्रम बढेको छ । अभिनेत्री तथा मोडलहरु मात्र नभई शाहरुख खानजस्ता बलिउड स्टारहरुसमेत यो छोटो समयमा नेपाल आइसकेका छन् । त्यस्तै, अब बलिउडकी ‘दबंग गर्ल’ सोनाक्षी सिन्हा र आइटम गर्ल मलाईका अरोरा पनि यहाँ आउने भएका छन् । यी बलिउडका हट अभिनेत्रीहरु सैनिक श्रीमती संघको निम्तोमा काठमाडौं आउन लागेका हुन् ।

malaika

malaika

प्राप्त समाचारअनुसार सैनिक श्रीमती संघले आउँदो १ जेठमा राजधानीको टुँडिखेलमा ‘अमरपक्षी, राईजिङ फ्रम द एसिज’ नामक कार्यक्रम गर्दैछ, जहाँ सोनाक्षी र मलाइका सहभागी हुनेछन् ।
कार्यक्रममा सोनाक्षी र मलाईका सँगै रेखा थापा, ऋचा शर्मा, निशा अधिकारी, प्रियंका कार्की, इन्दिरा जोशी, सुष्मा कार्की, केकी अधिकारी र सहाना बज्रचार्यलगायतका नेपाली कलाकारको पनि प्रस्तुति रहने जनाइएको छ । यस कार्यक्रमलाई अल्पेनग्लो इभेन्ट्सले व्यवस्थापन गर्दैछ । अल्पेनग्लो इभेन्ट्सले यसअघि मोहित मुनाल, लाईभ इन नेपाल नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।

Comments