सुरु भो ‘तारेभीर’, निर्देशकदेखि कलाकारसम्मको डेब्यु (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ११ बैशाख शनिबार
no img

काठमाडौं । नेपाली चलचित्र ‘तारेभीर’मार्फत रजतपटमा बेग्लाबग्लै विधामा चार जनाले डेब्यु गर्दैछन् । करिब तीन दशकदेखि कलाकारितामा क्रियाशील प्रेम सुब्बा यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन् । यिनै डेब्यु निर्देशकले अन्य तीनजनालाई पनि डेब्यु गराउँदैछन् । चलचित्र ‘तारेभीर’ को शनिबारबाट छायांकन सुरु भएको छ ।

tareveer

भक्तपुरस्थित कटुञ्जेमा एक समारोहबीच चलचित्रको शुभमुर्हत गरी छायांकन प्रारम्भ गरिएको हो । यस चलचित्रमार्फत मोडल रेखा फागो अभिनेत्रीका रुपमा डेब्यु गर्दैछिन् भने ‘तारेभीर’मार्फत नै पाश्र्वगायनमा व्रविम शेर्मा र नायकमा रुपमा नविन कार्कीले डेब्यु गर्दैछन् । चलचित्रको शुभमुर्हतपछि निर्देशक सुब्बाले भने, ‘यो मेरो डेब्यु निर्देशन चलचित्र हो । यस चलचित्रबाट अन्य तीन कलाकारलाई पनि डेब्यु गराउँदैछु ।’ साथै यसै चलचित्रमार्फत बालकलाकारका रुपमा लसता श्रेष्ठको पनि डेब्यु हुँदैछ ।
किरात मुन्धुम विधिमा ‘तारेभीर’ को मुर्हत गरिएको थियो । शुभमुर्हत शटको निर्देशन निर्देशक विनोद सेरेङले गरेका थिए भने क्ल्याप सागर सुब्बाले हानेका थिए ।

Tareveer 1
देउकृष्ण देवनको निर्माण रहेको यस चलचित्रलाई नारीप्रधान भनिएको छ । कलाकार तथा निर्देशक सुब्बाले ‘तारेभीर’ नारीप्रधान मात्र नभएर एक राष्ट्रियभावनाले ओतप्रोत चलचित्र भएको समेत बताए । उनले भने, ‘तारेभीर नारी पात्रमा केन्द्रीत राष्ट्रिय भावना बोकेको चलचित्र हो ।’ यस चलचित्रमा गायिका समेत रहेकी विष्णु चेम्जोङको लिड रोल रहने छ । ‘निशानी’ लगाययतका चलचित्रमा अभिनय गरिसकेकी विष्णु यस चलचित्रमा पहिलोपटक प्रहरीको भूमिकामा देखिने भएकी छन् । चलचित्रमा निर्देशक सुब्बा पनि प्रहरी अधिकृतको भूमिकामा देखिने भएका छन् ।
चलचित्रमा जयनन्द लामा, मञ्जु श्रेष्ठ र निर्देशक रञ्जित रानाको पनि मुख्य अभिनय रहने भएको छ । चलचित्रको छायांकन एक महिनाभित्र सक्ने लक्ष्य रहेको निर्देशक सुब्बाले बताए । उनले भने, ‘एक महिनामा छायांकन सक्ने सोच बनाएर काम सुरु गरेका छौं । तारेभीरको छायांकन काठमाडौलगायत सिन्धुपाल्चोकको मुढे र भोटेकोशीमा पनि हुनेछ । यस चलचित्रलाई युवराज राईले खिच्दैछन् । निर्माण नियन्त्रणको कार्य भने खगेन्द्र लिम्बूले सम्हालेका छन् ।

Comments