भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा आँखा शिविर
screennepal
प्रकाशित: २०७३, १० बैशाख शुक्रबार
no img

काठमाडौं । विनाशकारी भूकम्प गएको यो आइतबार ठ्याक्कै वर्षदिन पुग्दैछ । गत वर्ष १२ बैशाखमा गएको महाभूकम्पबाट १६ हजारभन्दा बढीको ज्यान जानुका साथै हजारौं घाइते भएका थिए । त्यसैको स्मरण गर्दै १२ बैशाखमा विभिन्न कार्यक्रमहरु हुँदैछन् । यस्तै, नेप्लीज फेसन होमले पनि विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा कार्भेस्थलीमा ‘निशुल्क आँखा शिविर’को आयोजना गर्ने भएको छ ।

13072015_1705405989703171_96195632_o
विभिन्न संघसस्थाको सहकार्यमा नेप्लीज फेसन होमले गर्ने उक्त शिविरमा आँखा परीक्षणका साथै निशुल्क मोतिया विन्दुको अप्रेशन गरिनेछ । यस शिविरको संयोजक तथा फेसन होमकी अध्यक्ष हेमा मानन्धरले भनिन्, ‘गत वर्ष गएको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनाका यो शिविर आयोजना गर्न लागेका हौं ।’ नेपाल आँखा अस्पतालको सहकार्य हुने यस शिविरबाट सयौं आँखा रोगीले लाभ लिन सक्ने आयोजकले दावी गरेको छ ।

Comments