राजकुमारी इन्द्रकुमारीको पीडा उतार्न ख्वापामा रिहर्सल
screennepal
प्रकाशित: २०७३, १० बैशाख शुक्रबार
no img

काठमाडौं । बरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित ऐतिहासिक तथा नारीप्रधान नाटक ‘मनोवेदना’लाई मञ्चन गरिने भएको छ । यस नाटकलाई ख्वापा नाट्यशालाले मञ्चन गर्न लागेको हो । त्यसका लागि अहिले कलाकारहरु रिहर्सल गरिहेका छन् । ख्वापा नाट्यशालाका अनुसार यो नाटक बैशाख ११, १८ र २५ गते मञ्चन हुनेछ, जसको निर्देशक भोला अधिकारीले गर्दैछन् । अहिले निर्देशक अधिकारीले कलाकारलाई रिहर्सल गराइरहेका छन् ।

khwapa natya (1)
लामो समयदेखि नाटक अभिनयमा क्रियाशील अधिकारी यसै नाटकबाट निर्देशनमा डेबयु गर्दैछन् । ‘सुन्दै र पढ्दै आएको ऐतिहासिक नाटकलाई मञ्चमा उतार्न लागिएको हो’ निर्देशक अधिकारीले भने ।
यो नाटकमा १७९४ सालतिरको परिवेशलाई समेटिएको छ । पृथ्वीनारायण शाहले एकीकरणको बेलामा मकवानपुर राज्यकी राजकुमारी इन्द्रकुमारी सेनसँग विवाह गरे । तर, राजा हेमकर्ण सेनले विवाह भएकी छोरीलाई पृथ्वीनारायण शाह अर्थात् ज्वाईँलाईसाथ लगाएर पठाउन सकेनन् । गोरखाका राजा पृथ्वीनारायण शाह बेहुली नलिइ रित्तै फर्केका थिए । दुलही भएर नि दुलाहको घर जान नपाएकी इन्द्रकुमारीको पिडालाई यस नाटकमा प्रस्तुत गरिएको छ ।

khwapa natya (2)
ऐतिहासिक यस नाटकमा उमा तामाङ, प्रदीप खड्गी, प्रदीप नेपाल, दीपु माया तामाङ, सुमित्रा मगर, अर्जुन बोहोरा, शिवानी बोहोरा, सविना श्रेष्ठ, सुशान्त तामाङ, बावु लामा, दीक्षा तामाङ, कुमारी तामाङ, रोशनी सापकोटा, देव क्षेत्री र निर्देशक भोला अधिकारीले पनि अभिनय गर्ने भएका छन् ।

Comments