‘लुकाकारी’ मा वर्तामान काठमाडौं ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १० बैशाख शुक्रबार
no img

काठमाडौं । चलचित्र ‘लुकामारी’को एउटा गीत सार्वजनिक गरिएको छ । ‘काठमाडौमा’ बोलको यस गीतलाई प्रदर्शन मितिभन्दा करिब २ महिना अगाडि रिलिज गरिएको हो । यो चलचित्र १० असारमा रिलिज हुँदैछ ।

????????????????
धमेन्द्र सेवानको आवाज, विकास सिलवाल र विमल गौतमको शब्द, विकास सिलवालको संगीत रहेको यो गीतले काठमाडौको वर्तमान अवस्थालाई चित्रित गरेको छ । ग्लेज इन्टरटेमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुरजमान सिंह भण्डारीको लगानी छ । चलचित्रमा सौगात मल्ल, रिस्ता बस्नेत, सुरविना कार्की, कर्मा, विक्रम सिंह थारुको मुख्य भूमिका छ । चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् ।
चलचित्रको कथावस्तुलाई अझै निर्माणपक्षले खुलाएको छैन । तर, चलचित्रलाई मनोरञ्जन, सस्पेन्स र एक्सनको खुराकको रुपमा तयार पारिएको निर्माणपक्षको दाबी छ । सिलिन्डर बोकेका सौगात मल्लको पोष्टर सार्वजनिक भएसँगै यो चलचित्र चर्चामा छ ।

Comments