बिहेको योजना बुन्दै यी हट अभिनेत्री
screennepal
प्रकाशित: २०७३, ९ बैशाख बिहीबार
no img

मुम्बई, एजेन्सी । फिल्म ‘क्या कूल हैं हम–३’ र ‘बिग बोस–९’ मा आफ्नो ग्ल्यामरस छविका कारण दर्शकको मनमा बस्न सफल अभिनेत्री मन्दना करिमी हिजोआज चर्चामा छिन् । लामो समयदेखि प्रेमी गौरव गुप्तासँग रिलेशनमा रहेकी मन्दनाले अब चाँडै विवाह गर्ने योजना बुनिरहेकी छन् ।

Mandana-karimi-
यसअघि यस्तो पनि खबर आएको थियो, ‘मोडल ललित तेहलानसँग मन्दनाको विवाह भइसकेको छ ।’ तर, त्यो मन्दनाले भारतीय पासपोर्ट पाउनलाई गरेको समेत भनिएको थियो । मन्दनाको नाम केही समयअघि राजनीतिज्ञ अजित पवारको छोरा पार्थसँग पनि जोडिएर आएको थियो ।
तर, अहिले फेरि मन्दना आफ्नो पुरानै प्रेमी गौरव गुप्ताका साथ जापानमा विदा मनाइरहेकी छन् । र, उनीहरु विवाहको योजना बनाइरहेको खबर सार्वजनि भएको छ । भनिन्छ, मन्दना र गौरवको परिवार पनि साथमै छन् । त्यसैले लाग्छ, उनीहरुले परिवारकै सल्लाहमा विवाह गर्न लागेका छन् ।

Comments