सन्तोषलाई विशिष्ट पदवीसहित राजदूत नियुक्त !
screennepal
प्रकाशित: २०७३, ९ बैशाख बिहीबार
no img

काठमाडौं । स्थानीय, क्षेत्रीय तथा राष्ट्रियस्तरका सौन्दर्य प्रतियोगिता हुँदै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको आयोजक संस्थाका रुपमा स्थापित हुन पुगेका ईप्लानेट प्रा.लि. का अध्यक्ष सन्तोष सापकोटालाई इन्डोनिसियामा हालै सम्पन्न एउटा विशेष समारोहबीच अति विशिष्ट व्यक्तिको पद्वीसहित राजदूत नियुक्त गरिएको छ । गत अप्रिल १६ तारिखमा नेसलन स्टेडियम इन्डोनेसियामा भव्य दर्शकदीर्घाको उपस्थितिमा सम्पन्न विशेष समारोहबीच इन्डोनेसियाको प्राचीन राज्य कुतई मुलावर्मनका महाराजाले अतिविशिष्ट व्यक्तिको पदवी दातो पदुकाबाट सम्मान गर्नुका साथै आफ्नो राज्य रोयल कुतई मुलावर्मनका लागि नेपालका राजदूत नियुक्त गरेका हुन् ।

12

अतिविशिष्ट व्यक्तिका रुपमा राजकीय सम्मान र सुरक्षा सवारी सहित दरबार पु-याइएका सन्तोष सापकोटालाई दरबारको समारोहमा राजदूत नियुक्तिको औपचारिक प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता अन्तर्गत नेपालका लागि राष्ट्रिय निर्देशकका रुपमा रहेका सन्तोष सापकोटा यस अघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भइसकेका छन् । जस अन्तर्गत उनी गत वर्ष एसियन पोलिटिक्स एण्ड बिजनेस अवार्ड २०१५, गोल्डेन फोनिक्स अवार्ड २०१५, मार्स अवार्ड २०१५, एसिया अनेष्टि आन्टरप्रिनियर अवार्ड २०१५, वेष्ट नेसनल डिरेक्टर फोर लिटिल मिस एण्ड मिस्टर युरेशिया २०१५ संगै झन्डै एक दर्जन अवार्डका हकदार बनेका छन् । मिस हेरिटेज इन्टरनेसनल तथा मिसेस् हेरिटेज इन्टरनेसनल जस्ता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका आयोजना सफलता प्राप्त गरिसकेका सन्तोषकै अगुवाईमा ई प्लानेट प्रा.लि.ले आगामी सेप्टेम्बर महिनामा अफ्रिकी राष्ट्र तान्जानियामा ‘मिस इन्भायोरोमेन्ट इन्टरनेसनल’ प्रतियोगिता संचालन गर्ने तय भइसकेको छ ।

Comments