‘अवतार’ को अर्को सिरीज बनाउँदै क्यामरुन
screennepal
प्रकाशित: २०७३, ७ बैशाख मंगलवार
no img

JameS-Cameron

लस एञ्जलस, एजेन्सी । प्रख्यात क्यानेडियन फिल्मकार जेम्स क्यामरुनले सन् २००९ मा आएको आफ्नो साइन्स फिक्शन फिल्म ‘अवतार’ को नयाँ सिक्वेल चाँडै बनाउँदैछन् । यो कुरा क्यामरुनले पुष्टि गरेका छन् ।
यस सीरीजको जम्मा पाँच फिल्म हुनेछ । बाँकी चार फिल्मको क्रमशः सन् २०१८, २०२०, २०२२ र २०२३ मा रिलिज गर्ने उनको योजना छ ।
स्मरणीय कुरा ‘अवतार’ ले हलिउड बक्स अफिसको सबै रेकर्ड तोडेको थियो । यस फिल्मले २ दशमलव ८ अरब डलरको कमाई गरेको थियो । अहिले क्यामरुनले आफ्नो पछिल्लो फिल्मलाई फोकस गरिहेका छन् । उनले एक लामो कहानी तयार गरिहेका छन्, जुन अब तीनदेखि चार भागमा दर्शकले देख्न पाउनेछन् ।

Comments