एकैसाथ आठ एल्बम सार्वजनिक
screennepal
प्रकाशित: २०७३, ७ बैशाख मंगलवार
no img

काठमाडौं । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा नयाँ वर्ष २०७३ को शुभकामनासहित सामूहिक लोक गीतिसंग्रहको विमोचन गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ डिजिटलले बजारमा ल्याएको विभिन्न कलाकारहरुको आठ वटा गीति एल्बम विमोचन गरे ।

album
कार्यक्रममा बिपेश घिमिरेको स्वर्ग, सेरसिङ खड्का र जीवन कुँवरको किन धोका दियौं, भद्रबहादुर क्षेत्रीको पाइलाअघि सार्नै गाह्रो भो, होमनाथ कुँवरको रहिछेउ तिमी घाती, सिर्जना तामाङ र सुबिन अधिकारीको कहिले कही त सार्है मन रुन्छ, अशिम सारु मगरको यही हो तिमीलाई माया गर्ने मुटु, रामु जिसि र धिरज घर्तीको निभ्यो हाम्रो पिरतिको दियो र रामु भण्डारीको रोज्यौ धनी ग¥यौ तिमीले घातको विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै विभिन्न कलाकारले नेपाली कला संस्कृतिको जेगर्नामा लोकगीतले महत्वपूर्ण भूमिका खेलेको र राज्यले कलाकारलाई उपेक्षा गर्न नहुने संस्कृति जगेर्नाका लागि राज्य स्वयं गम्भीर हुनुपर्ने बताएका थिए । प्रमुख अतिथि संस्कृति मन्त्री पोखरेलले नेपाल विविध जातिको संस्कृतिले भरिएको मुलुक रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको जगेर्नाका लागि आफू सदैव प्रतिबद्ध रहने बताए ।
कार्यक्रममा लोकसञ्चारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले पछिल्लो समय खस्कँदै गएको सांगीतिक बजारप्रति लक्षित गर्दै नेपाल सरकारले यसलाई विकृतिरहित र व्यवस्थित बनाउनका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए ।

Comments