सबैले हेर्न मिल्ने ‘हाउ फन्नी’ (टीजरसहित)
screennepal
प्रकाशित: २०७३, ७ बैशाख मंगलवार
no img

काठमाडौं । चलचित्र ‘हाउ फन्नी’ ले सेन्सर बोर्डबाट युनिभर्सल सटिफिकेट पाएको छ अर्थात् यस फिल्मलाई सबै वर्गका दर्शकले हेर्न पाउनेछन् । टाईनी बट विग पिक्चर्सको व्यानरमा तयार भएको यो चलचित्र आउँदो शुक्रबार अर्थात १० बैशाखबाट प्रदर्शनमा आउँदैछ । यस चलचित्रलाई कमेडी जनर भनिएको छ ।

How_Funny_WEB_BANNER
‘मेरो पहिलो प्रयास नै सबैले हेर्न योग्य भयो, खुसी छु’ सोमबार आफ्नो चलचित्रले ‘यु’ सर्टिफिकेट पाएपछि निर्देशक निलु डोमा शेर्पाले भनिन् । नेपाली चलचित्रसँग नजिक भएता पनि निलुलाई निर्देशक बन्न झन्डै एक दशकको लाग्यो । उनले आफनो फिल्मले कुनै छाँटकाँटबिना यु सर्टिफिकेट पाएको बताइन् ।
यस चलचित्रको कार्यकारी निर्माता माल्भिका सुब्बा हुन् । निलुलाई चलचित्र तयार पार्नमा माल्भिकाले पनि सघाएकी छन । ‘मैले धेरै कथा माल्भिकालाई देखाएको थिएँ तर उसको समर्थन कहिले पाइनँ’ निलुले भनिन्, ‘तर यो हाउ फन्नीको कथामा उसको पनि साथ पाएँ । त्यसैले पनि फिल्म निर्देशनका लागि हौसिएकी हँ ।’ यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुपविक्रम शाही, विजय बराल, शिशिर राणालगायतका कलाकारको अभिनय रहेको छ । शान बस्न्यातको लेखन रहेको यस चलचित्रलाई उपत्यका बाहिर एफडी कम्पनी र उपत्यकामा सुनिल मानन्धरले वितरण गर्नेछन ।

Comments