‘जाउँ है हिलिहाङ दरबार’
screennepal
प्रकाशित: २०७३, ६ बैशाख सोमबार
no img

आनी केरेक हिल्लीहाङ दरबार पेगिरो

हाङ्याक लाजे पाँभे पाँभे नु केरिरो…

युवायुवतीको लर्को लाग्छ हिलिहाङ दरबारतिर, एकजना अनुसन्धानकर्ता हिलिहाङबारे खोज–अनुसन्धान गर्दै जाँदा युवायुवतीहरूसँग भेट हुन्छ । ‘ढुंगा खोज्दा देउता मिले’झै उनीहरू सँगै मिलेर दरबार पुग्छन्, जहाँ कलाकारले हिलिहाङलाई गीत र नृत्यमार्फत स्वागत गर्दछन् । जीवन्त मौलिकताको प्रतिमूर्तिको हिलिहाङ दरबारको अवलोकनपछि अनुसन्धानकर्ता खुशी हुन्छन् र लर्के जवानहरूलाई आफ्नो घर लगेर जान्छन् ।

IMG_2755
प्रशंग हो, हिलिहाङबारे बनाइएको ‘आनी केरेक हिलिहाङ दरबार पेगिरो’ गीतको छायांकनको । हिलिहाङ बसेको ठाउँमा गाउँ गाउँबाट पुगौ है भन्ने सन्देश समेटिएको यो गीतको छायांकन राजधानीस्थित गोकर्णमा गरिएको छ । यस गीतको भिडियोलाई लघु चलचित्र भनिएको छ । यसको निर्देशन लोकेन साँवाले गरेका हुन् ।

IMG_2585
यसको लेखन हिलिहाङबारे अनुसन्धानकर्ता हर्क योङहाङले गरेका हुन् । प्रदीप योङहाङ र सैलेन्द्र थेबेको निर्माणमा बनेको यस हिलिहाङबारे लघु चलचित्रको छायांकन उत्सव दाहाल र सम्पादन निशान घिमिरेले गरेका छन् ।
यसमा लिम्बु समुदायका चर्चित कलाकारले अभिनय गरेका छन्, जसमा यासेली योङहाङ, प्रदीप योङहाङ, कल्पना तुम्रोक, भीम थेवे, ग्रीष्म आङवुहाङ, निशा पोमु, मेरिना तुम्सा, बविता फोम्बो, मेरिना चेम्जोङ, जुनु सुहाङ, मञ्जु थेवे, लक्ष्मी योङहाङ र रुपा आङवुहाङले अभिनय गरेका छन् । ऐतिहासिक र सांस्कृतिक धरोहर संरक्षणको प्रतिविम्वका रुपमा उम्याइएको यस चलचित्रलाई फेदापहाङ्मा सीता सिंगकको पाश्र्वगायन र अशोक लोहोरुङको संगीतले थप योगदान दिएको छ ।

Comments