बेलायत डुल्दै ‘वीर विक्रम’, २२ अप्रिल क्याट्रिक पुग्दै (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ६ बैशाख सोमबार
no img

काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ केही सातायता बेलायतको विभिन्न सहर तथा स्थानमा प्रिमियर गरिँदै आएको छ । हङकङमा प्रिमियिरपछि बेलायत पुगेको यो चलचित्रले अल्डरसटस्थित प्रिन्सेस हलमा पहिलो भव्य प्रिमियर गरेको थियो । त्यसपछि विभिन्न स्थानमा यो चलचित्रको प्रमियर हुँदै आएको छ ।

bir bikra

File Photo

यसैक्रममा यो साता क्याट्रिकमा पनि प्रिमियर हुँदैछ । यसअघि यो चलचित्र कोल्चेस्टर, सुइन्डन, प्लमस्टिडलगायतका सहरमा प्रिमियर गरिसकिएको छ भने २२ अप्रिलमा क्याट्रिकमा भव्य प्रिमियर गर्न लागिएको हो । प्रिमियरका लागि चलचित्रका मुख्य अभिनेता दयाहाङ राई, अभिनेत्री दिया पुन र निर्देशक चाम्स अहिले बेलायतमै छन् । दियाले यसै चलचित्रमार्फत डेब्यू गरेकी हुन् ।
यो चलचित्रको हङकङमा समेत भव्य प्रिमियर गरिएको थियो । यस चलचित्रलाई दर्शकले रुचाएका छन् । त्यसलगत्तै बेलायत प्रिमिरयरमा पनि ‘वीर विक्रम’ ले राम्रो दर्शक पाएको छ । आफ्नो चलचित्रबारे सकारात्मक प्रतिक्रिया पाएपछि निर्देशक चाम्स उत्साहित भएका छन् ।

bb

File Photo

यो चलचित्रलाई क्याट्रिकमा गायिका अनिला राईको संयाजत्वमा प्रदर्शन गर्न लागिएको हो । उनी यस चलचित्रकी लगानीकर्ता पनि हुन् भने उनले चलचित्रको एउटा गीतमा स्वरसमेत दिएकी छन् । यस चलचित्रले दुर्गम गाउँमा हुर्किएका चार साथीहरुको कथा बोकेको छ । जसलाई दर्शकले निकै रुचाएको निर्माणपक्षको भनाइ छ ।
चलचित्रमा दयाहाङ राई, दिया पुन, अर्पन थापा, अनुपविक्रम शाही, नाजिर हुसेन, विवेक लिम्बु, रुपा पुनलगायतका कलाकारको मुख्य भूमिका छ । नेपालमा भने यो चलचित्र ३ भदौमा रिलिज हुने भएको छ । म्युजिक भिडियो निर्देशनमा समेत जमेका निर्देशक चाम्सद्वारा निर्देशित दोस्रो चलचित्र हो यो । यसअघि उनले ‘हँसिया’ निर्देशन गरेका थिए ।

Comments