तोरी फुलेको शहर र तोरी लाहुरे जिन्दगी
screennepal
प्रकाशित: २०७३, ५ बैशाख आईतवार
no img

भौतिक मल्ल जंगली

नयाँ बसपार्कमा नुन दलाल देखी सुन दलालहरु सम्माको हाली मुहाली हुन्छ । यसोत दिनदाहडै ठगिने ईमान्दार हरु पनि हुन्छन । ईमान्दार र बेइमानहरुको अनौठो रस्साकस्सी चल्ने ठाउ हो नयाँ बसपार्क ग्रामीण इलाका बाट अएका मान्छेहरु सजिलै दलालहरु का चंगुलमा पर्छन । अझत बिदेश पठाउने निंहुमा युवाहरु बेचिने सुरक्षित थलो हो । काठमाडौँ त्यो भित्रको गंगबु त झन चलखेल गर्ने मजाको ठाँउ हो । बिधिगत ढंगले बेचिन्छन नेपाली युवाहरु त्यसैको रेमीटेन्समा चल्छ नेपालको सरकार अनौठो छ यहाँको चलन ।

थानकोटको बिटबाट हेर्दा धपक्कै बलेको जस्तो लाग्थ्यो काठमाडौं । मन्जुश्रीले पखेटा छोडेको र पृथ्वीनारायण साहले ढोका खोलेको यो तलाउको बास्तविकता बारे अपबाद पुस्तकमा पढे पनि यस्को बृतान्तबारे भने अनबिज्ञ नै छु । प्राय यो शहर ससुराली गाउँ जस्तै भएको छ । झटै आइन्छ झटै गईन्छ । पानी पँधेरो जस्तै लाग्ने यो शहर संग आउनुका बाध्यता भने बेग्लाबेग्लै छन । सपनाहरूको भारी बोकेर भित्रीन्छ मान्छे निल आर्मस्टङको जुन बोकेर । आईन्स्टाईको सिदान्त घोकेर उक्लीन्छ नौबिीसेको उकालो खै कतिका पूरा हुन्छन् कतिका अपुरा थाह छैन । पिठ्युँमा कालो क्यामेलमाउन्टको झोला रातो नर्थफेसको जकेट कालो जिनको पाईन्ट ख्याउटेख्याउटे लाग्ने एउटा चित्र काठमाडौंको ओराली झर्छ । खै के छ उसंग काठमाडौंसंगको नाता के छ सम्बन्ध के छन सपनाहरू उ किन यसरी आफ्ना जिबित सपनाहरू बोकी भित्रीरहेको छ । सजीवता बिनाको मृत शहरमा उसको वरीपरी एउटा अनौठो दृश्य घुमिरहेको छ । कलंकी पुग्दा झम्मक अंधरीले घेरा हाली सकेको थियो । यात्रुहरू बिस्तारै झर्ने क्रम चलिरहेको थियो ।

bhautik_malla_jangali-onlinenepalgunj

अंह तर उसलाई झर्ने कुनै टुङ्गो थियन । कहाँ झर्ने र कताको गन्तव्य तताउने र कता रात बिताउने त्यो पनि केही पत्तो थियन ।बस हुईकिरहेको थियो । संगै मन पनि बेजोडसंग हुइकिरहेको थियो । यसो त उ काठमाडौं छिरेको यो पहिलो चोटि पनि हैन ।तर अरूबेला र आज उसको मनस्थिति फरक छ एकदम फरक खै किन ९ किन उसलाई फरक लागीरहेको छ ।फरक लाग्नुको अलाबा उसंग केहि ,फरक दृश्य पनि छैन । तर बिल्कुल फरकपन महशुस गरिरहेको छ । हरेक पाईलाहरुमा मा फरक पन आउनु उसको भोगाईको नियति बनी सक्यो सायद हिजोआज उ फरकपनहरूमा पनि रमाउन छाडीसकेको छ ।

बस गति स्लो हुदैथियो सायद नयाँ बसपार्क पुगियो क्यार । अनौठो रस्वादनको चुठकी बजाउँदै थियो बसपार्क संधै मान्छे हरूको भिडभाड कोलाहलमय हुने गंगबु बसपार्क त्यो दिन पनि अछुतो त थियन । तर भुकुम्पले केही मनस्थीती भने परीर्वतन गराई दिएको हुनुपर्छ । बसपार्क आयो ल झर्नुस सबै खलासीले संकेत गरे । खलासीको निर्देशनसंगै हातमा झोला समातेर झर्यो उ तन्कायो शरीर भलादमी बन्न खोज्यो उ एकछीन भाउ खोज्यो ल हजुर होटल चाहियको भने आउनुस राम्रो सुबिधा भएको सस्तो सुलभ मिलायर बसाला आउनुस अंह सुनेन यसोत दुईचार पैसो खल्तीमा भए दुनिया किन्दीने संस्र्कतीको मारमै छ उ । त्यो भन्दा माथी उक्लन सकेको छैन । होटल ब्यबसायीहरूको मार्केटिङ गजबको थियो । समय धेरै पर गईसकेको थियो । रात रापिदै थियो । कतै बाँस खोज्नु बाहेक सब भ्रम उ तिनै मार्केटर पछिपछि सरासर एउटा होटलमा पुग्छ । साउसंगको सामान्य सहमती पछि सानो भलाकुसारी पछि त्यतै बस्ने टुंगोमा पुग्छ । यसोत उसको लागि यो रात त्यति अनौठो पनि हैन गंगबुका होटल साहुहरुको संस्कार र देखी पनि त्यती अपरीचित छैन यस्तै एकतमासका र हल्ली खल्लीका सयौं रातहरू बिताईसकेको छ ।

कोठा नं ३०५ पुर्व पटटी ठुलो झयाल रंगीन पर्दा अनि निलो रंगको फीनीसिङ  एउटा थाेत्राे कुर्शी नचल्ने टिबी कतै भित्ताहरुमा पुकारका छापहरु अनि डस्बिनमा खैनी सुर्ति र कन्डमका पोकाहरु त्यती अनौठो र दृश्य त थिएन । स्वभाबीक नै हो त्यती हुनु प्राय बिदेशीने युवाहरुको अखडा नै हो गंगबु दिनभरी मेनपाओर र दलालहरुका पछि धाउन ठिक्क साँझ परेपछि दोहरी साँझ र डिस्को हरुमा ठिक्क अनौठो दृश्य देख्ना पाईन्छ नयाँ बसपार्क नुन दलाल देखी सुन दलालहरु सम्माको हाली मुहाली हुन्छ । यसोत दिनदाहडै ठगिने ईमान्दार हरु पनि हुन्छन । ईमान्दार र बेइमानहरुको अनौठो रस्साकस्सी चल्ने ठाउ हो नयाँ बसपार्क ग्रामीण इलाका बाट अएका मान्छेहरु सजिलै दलालहरु का चंगुलमा पर्छन । अझत बिदेश पठाउने निंहुमा युवाहरु बेचिने सुरक्षित थलो हो । काठमाडौँ त्यो भित्रको गंगबु त झन चलखेल गर्ने मजाको ठाँउ होबिधिगत ढंगले बेचिन्छन नेपाली युवाहरु त्यसैको रेमीटेन्समा चल्छ नेपालको सरकार अनौठो छ यहाँको चलन

राजधानी सपनाको शहर यहाँ सपनाको हराभरा फुलबारी छ र यही फुलबारीमा रमाउन उक्लीन्छन कति मान्छेहरु सपनाहरुको सिंडी चडछन । र कति फेदीमै हराँउछन । अनौठो छ काठमाडौँ यहाँ धेरै जसो सपनानै खेती र रोपाई गरीन्छ । तर कति सार्थकतामा परीणत हून्छन ख्वै थाह छैन । एक रात त्यही होटेल नामको हिरासतमा बिताइयो बिहान उठेर भेटघाटको प्रोसेस शुरु गरीयो । यहाँ त भेटघाटमा पनि पैसा लाग्छ रे । सुनेको खै कसतो हुन्छ मेरो भेटघाट र म मान्छे जब कमजोर मनस्थीतीमा हुन्छ सानो कुरा मा पनि ठुलो अपेक्षा गर्छ र उसको मनभरी आशाका थरी थरीका पालुवाहरु पलाउन शुरु गर्छन ।

अनि शुरु गर्छ आकाशे खेतीको आशा र अपेक्षाहरुका पनि त सिमा हुन्छन । अंह मान्छे त्यो सिमा भित्र कहिल्यै कैद हुदैन र हुनै सक्दैन । त्यसकै मार छ यो जंगली केटो पनि असिमित अपेक्षाहरु बोकी तम्सन्छ लुरु लुरु लक्ष्य हिन गन्तब्य तिर अनौठो छ उसको भोगाई पनि वाह अनौठो छ । बिहान चिया पिउन एउटा चिया पसलमा पुग्छ चिया संग मुूकान बिकिरहेको देख्छ । र सोच्छ यो शहरमा ब्यापार कम इमान बडि बिक्री हुन्छ क्यार चिया भन्दा मिठो मुस्कान बेचीरहेकी लाग्थीन ती आइमाई उनि संग उनको लोभ लाग्दो जवानी पनि बिकिरहेको हुन्छ । लोभ लाग्दो नै थियो उनको रुपरंग । सायद त्यसैले होला चिया खुब मिठो लाग्ने पुजिबादले लुप्त अनि पाश्चात्य साँस्कृतीको बडदो दबदबायुक्त शहर र शहरीया बातावरणमा हराएका दुनियालाई ती आइमाई मिठो लाग्नु अनौठो त थिएन । गिलास नरित्युन्जेल कुरा सुनीरहे गिलास रित्तीयो निक्लें त्यो गिलास चिया र मेरो जिन्दगी उस्तै उस्तै ढंगले एकछिन तुलना गरे । अब के गर्ने सोच्दै सडकका डिलमा उभिएका पोलहरु जस्तै निस्फीक्री उभिरहेको थिएँ ।

जब मनस्थीती सुन्य स्थीतीमा पुगोस अझत कुनै पनि कुराको फैसला लिन नसक्ने स्थीतीमा पुगोस के हुन्छ । त्यही हालतमा पुगेको थियो उ र उसको मनस्थीती पनि सपनाहरु खरीद गर्न पुगेका थिए काठमाडौँ फुलबारीमा तोरी फुलेको शहर जस्तै लाग्ने यो शहर संग उ लाउरे जिन्दगी खोजीरहेको थियो । सायद हो क्यार ।।।।

मन अलि अघिबाटै एकतमासको भैरहेको थियो । लगभग मेरो यात्राको बिचबाटोबाट यात्रामा मिसिएका मेरा सपनाहरु सँगैका सिटमा बसेका मेरा राष्टीयता ले घचघच्याइ रहेको थियो । पुरानो धेरै समयदेखि आईरन नलगाएको एकजोर सर्ट पाइन्ट, आधा फाटेको पुरानो मैलो,जस्तै लाग्ने जिन्दगी भित्र एकजोर खालीजस्तो देखिने एउटा कपडाको व्याग भर्खर बसेका जुंगा रेखी , कालो आँखा, आखाँभरी जिन्दगीको गर्जो टार्ने पिरलो बोकेर यात्रामा निस्किएको उ बारम्बार आफैलाइ भनिरहेको थियो । – गरिबको छोरो बिहान बेलुकाको छाक टार्न कतै जागिर खानु पऱ्यो की क्या हो । जवान केटा मान्छे आफ्नै पिरलोमा रित्तो झोला बोकेर शहर पसेको छ, अनुहार पढेर प्रस्ट थाहा हुन्छ उसको मुहार भरीका पीडा पढ्न कुनै आयतबार कुर्नु पदैन ।

भुकम्पले हल्लाए जस्तै आफै हल्लीन खोज्छ बेला बेला उ भूकम्प गएको साल साह्रै अस्तव्यस्त भा’छ यार जीवन आफै गुनगुनाँउछ बेसुर गाउँमा महंगी र अभाबले गरु खान गाह्रो भएर काठमाडौं झर्दैछु, मलाई जागिर खोजिदिनुु पऱ्यो’, दाजुु पल्लो सिटको पनि त्यस्तै भन्थ्यो दाजु नाता लगाएर तर त्यो नाताले कति सार्थकता प्रदान गय्रो थाह छैन । संधै आएर बिश्राम लिने मेरो भाइ राजनको रुम मेरो धर्मशाला जस्तै छ । यसोत त्यो आफन्त हुनुको परीणाम पनि होला । उसको बोझमा संधै अनबिज्ञ बनिरहने म उसको समास्यामा कहिल्यै साथ दिइन । तर अंह उसले कहिल्यै आपती पनि जनाएन ।

फेरी गन्त्ब्य त्यतै सोचीरहे थेँ मनमनै गोजीमा मोबाइलले संकेत दियो यसपाला भाई अर्जुन पाठकको फोन रहेछ धेरै लामो समय पछि सम्झेको मनमनै गदगद भएँ ।त्यो भन्दा अगाडी गुरु प्रभातले पनि भेटन बोलाउनु भएको थियो । भाइ अर्जुनले भने दाजु नमस्कार कता हुनुहुन्छ भेटघाट छैन ।उनले औपचारीकता पुरा गरे जिवनमा संधै शनिबार लागेको मैले उनको बचन भुइमा खश्नै दिइन । ल भेटौँ भनिहाले हुनत भेटहरु संधै उस्तै हुदैनन र उसतै टिक्दैनन पनि ।

खै उनिहरु संगको भेट कस्तो हून्छ । मलाई थाह छैन ।इन्जीनीएर मित्र प्रविण सिंह र प्रभात गरुलाइ भेटनु पनि उतै सम्झेर उनको सौहार्ददतालाई सहज लिए । यसो त काठमाडौँ आफै बिचित्रको छ । यस्ले नयाँ समबन्ध बनाँउछ र पुराना भतकाँउछ पनि । कतै त्यसैको सिकार त बन्ने खतरा रहदैन । सम्बन्धको दुरी सहि ठाउमा राखन सकीयन भने फेरी उनले त्यसरी नै दाजु भनेर संबोधन गर्ने छैनन र बोलाउने साहास पनि गर्ने छैनन । एका एक काठमाडौँ का आफन्त र गाँउका आफन्तको दुरी नाप्न मन लाग्यो आकाश र जमिन जस्तै फरक लाग्ने आफन्तहरुको पहिचान खोज्न मन लाग्यो । हो त नी यहाँ आफन्त किन्नु पर्छ । गाँउमा निशुल्क पाएका पनि समाल्न गारो हुन्छ । यसोत यो पनि आफुमा निर्भर रहन्छ । भन्ने बुझाई राख्छु । तुवाँलोको पातलो पर्दा ओढेर चन्द्रमा को मधुरो उज्यालो बलीरहेको जस्तो जिन्दगीको झोला बोकेर हान्नीनछु कोटेश्वर तिर ।।।।।।।खै कति दिन टिक्ने हो त्यो सम्बन्ध अनि कति दिन रहने हो मेरा आदारणीय हरुसंग मनको अंक गणीतले गतिलै हिसाब हानीरहेछ । बस ।।।।।। सरकार सिंहदरबारमा मस्त निदाइरहेको छ । त्यस्तै बेरोजगार जवानहरु शनिवार मनाइरहेका छन । यसरी नै मेरो देश चलीरहेको छ र चलीरहेको छु म अर्थात मेरा प्यारा सपनाहरु ।।।।।।।

Comments