यस वर्ष पनि सर्वनामको नाटक मेला
screennepal
प्रकाशित: २०७३, ५ बैशाख आईतवार
no img

काठमाडौं । आफ्नो रंगयात्राको ३४औं बसन्त पार गरेको सर्वनाम थिएटरले देशब्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ । थिएटरले अघिल्लो वर्षदेखि १० मिनेट नाटक मेलाको सुरुवात गरेको हो । यस वर्ष पनि रंगकर्ममा आफ्नो क्षमता र प्रतिभा देखाउन इच्छुक रंगप्रेमीहरुलाई सहि गन्तव्य र माध्यम उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको सर्वनामका अशेष मल्लले बताए ।

Natak
बिशेषत नाटक र रंगमञ्च प्रति रुचि भएर पनी स्पेशको अभावमा नाटक गर्न नपाएका नया“ पुस्तालाई रंगमञ्चमा सहभागी होउन भन्ने उद्देश्यले यो नाटक मेलाको आयोजना गरिएको हो मल्लले बताए ।
अनुभब र दक्षताका आधारमा नभइ लगनशिलता र कल्पनाशिलताका आधारमा बढिमा दश मिनेटको नाटकले प्राथमिकता पाउने छ । समूहगत या एकल प्रस्तुती दिन सकिने यस मेलामा सहभागीले रु १० दस्तुर बुझाएर सर्वनाम थिएटरमा नाटक दर्ता गर्न सक्नेछन् । जेठको दोस्रो सातामा गरिने भनिएको नाटक मेलामा सहभागी हुन जेठको पहिलो साता नाटक बुझउनुपर्ने आयोजकले बताए ।

Comments