भारतमा लेकालीलाई एचिभमेन्ट अवार्ड
screennepal
प्रकाशित: २०७३, ५ बैशाख आईतवार
no img

सिलगढी । साहित्यकार राधेश्याम लेकालीलाई डा. किङ्ग गुनु घर्ती इन्टरनेशनल फाउन्डेसन, एसोसिएसन फर रिसर्च अफ नन् प्रफिट अ्रर्गनाइजेशन एण्ड भोलियन्टेरी (अर्नोवा) र मङ्गल माइती ट्रष्टको संयुक्त आयोजनामा भव्य समारोहबीच सिलगढी, भारतमा प्रथम एचिभमेन्ट अवार्डले सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष, अनेसास नेपाल च्याप्टरका अध्यक्ष, साहित्यिक पत्रकार संघ विशेष कार्यसमितिका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई नगद भारू. एघारहजार राशी सहित सम्मान गरिएको हो । सो अवसरमा लेकालीको परिचय स्रष्टा विजय रूचालले राखेका थिए । वरिष्ठ साहित्यकार नरबहादुर दाहाल प्रमुख अतिथि रहनु भएको सो समारोहको सभापतित्व फाउण्डेसनका अध्यक्ष रूबेन गुरूङले गरेका थिए ।

20160410_142742_resized
विशिष्ट अतिथिहरूमा चन्द्र भण्डारी, ज्ञानेन्द्र खतिवडा, मदन ओझा, मिजोरमका उद्य कुमार, नेपालका कुमार जोशी, कृष्ण प्रसाइर्, अतिथिहरू, पी.बी. छेत्री, हिमालय दर्पणका सम्पादक शिबु छेत्री, अशोक प्रशान्त, युवराज काफ्ले आदि रहेका थिए । कार्यक्रममा नेपाल, वर्मा, मिजोरम, मणिपुर सिक्किम, कालेम्बुङ, गुहाटी , असम, नागरी, दार्जीलिङ, मिरिक, करसाङलगायतका ठाँउहरूबाट स्रष्टाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नरबहादुर दाहाल सम्मानित स्रष्टा राधेश्याम लेकाली, चन्द्र भण्डारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सोही समारोहमा साहित्य, सङगीत, पत्रकारिता, खेलकुद र समाजसेवा आदिका स्रष्टाहरूलाई सम्वद्र्घना पत्रसहित उहाँहरू कार्यको कदर गर्दै सम्मान जनाइयो । साहित्य तथा शिक्षा क्षेत्रमा सिलगढीबाट डा. कृष्णराज घतानी र मुक्ति बराल उपाध्याय, सचिन राई दुमी दार्जीलिङ, मटिल्ला राई (खरसाङ), शंकर प्रधान, (डुबर्स), बीरभद्र कार्की ढोले (गान्तोक, सिक्किम), नवीन स्पन्दन (कालेबुङ) कीर्तिमणि खतिवडा (मणिपुर), सुश्री बन्दना गौतम (म्यानमार, बर्मा), साङगीतिक क्षेत्रमा गायिका दीपा रूचाल (कालेबुङ), मणि श्रेष्ठ (नागरीफार्म), लोकगायक के.बी.खाती (पोख्रेबुङ), प्रकाश राई (दुलियाजन असम), पवन राई (नामदुङ्ग, नागरी), खेलकुद जगतमा खरसाङ्का गोपाल छेत्री, विज्ञान तक्निकीमा चन्द्र शर्मा (असम), पत्रकारिता क्षेत्रमा प्रमोद गिरी (सिलगढी), रोशन राई आदित्य (मिरिक), सुश्री सुलोचना थिंग (नेपाल), मूर्तिकार चित्रकारितामा अमीर सुन्दास (डुवर्स) सुवास छेत्री (दाजीलिङ)लाई यसरी सम्मान–पत्र द्घारा सम्मन जनाइयो भने समाज सेवा क्षेत्रमा सेवा क्षेत्रमा सिटोङका अरूण खवास, पानीघट्टा सिलगढीका रङगु सौरिया, रतन छेत्री र हरि शर्मा पराजुलीलाई पनि सम्मान पत्रद्घारा सम्मान जनाइयो ।
कार्यक्रममा मङ्गल माइती ट्रष्टका गणेश प्रधानले स्वागत मन्तव्य राखेका थिए । घर्तीले आफ्नो संस्थाको उपलिब्ध र यसको कार्यहरू बारेमा छोटो जानकारी गराउनु भयो ।
सोही समारोहमा कवि लतिका जोशीको कविता सङ्ग्रह ‘भुटभुटी’–को पनि विमोचन गरियो भने डा. घर्तीको संयोजनमा तयार पारिएको गीत र सङ्गीतको नयाँ एल्बम वरिष्ठ गायक विक्रम कालीकोटेको स्वरमा रचिएको एल्बम ‘ के आयो चलन’ गीति एल्बमको पनि विमोचन गरियो । सुकराज दियाली र सृजना सुब्बाले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
जसमा गयिका दीपा रूचालले कुन्ती मोक्तानका रोमाञ्चक गीत गाएर दर्शकहरूलाई झुम्न बाध्य गराए भने जुनू गौतम, सरिता गजमेर, सुधा शर्मा, प्रियंका लामा, संजय घिमिरेले सुन्दर गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए । साथै झापा नेपालबाट कृतिका छेत्रीको अगुवाइमा आएका नृत्य टोलीले सुन्दर नृत्यहरू प्रस्तुुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए । विक्रम कालिकोटेले आफ्ना नयाँ एल्बमबाट गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई अन्तिमसम्म मनोरञ्जन दिलाउन सफल भए । खचाखच भीडले भरिएको उक्त कार्यक्रममा अन्तमा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको सम्भाषण पछि अन्तमा कार्यक्रम संयोजक सुमित खातीले धन्यवाद प्रस्तुत गरे भने सभापति रूबेन गुरूङ्गले आफ्नो भाषण सहित कार्यक्रम समापन भएको घोषणा गरे ।

Comments