Exclusive : पोखरामा प्रहरीको शरणमा अर्चना
screennepal
प्रकाशित: २०७३, ३ बैशाख शुक्रबार
no img

पोखरा । गफैले चर्चामा आएकी मोडल अर्चना पनेरु पोखरामा आज प्रहरीको शरणमा पुगेकी छन् । निर्माणाधिन चलचित्र ‘किड्न्याप’ को एउटा गीतमा आइटम डान्स गर्न उनी पोखरा पुगेकी हुन् । अर्चनाले ‘किडन्याप’ को ‘सेक्सी रे…’ बोलको गीतमा आइटम गर्न ५० हजार रुपयाँमा डिल गरेकी थिइन् । निर्माणपक्षले अर्चनाको डिमाण्डअनुसारको रकम दिन तयार भएका थिए । तर, अन्त्यमा निर्माणपक्षले आफूलाई गालीगलौज गर्दै आउट गरेका अर्चनाको आरोप छ । टेलिफोनमा कुरा गर्दै अर्चनाले शुक्रबार (आज) भनिन्, ‘अहिले म प्रहरी स्टेशनमा छु । मलाई निर्माणपक्षले गालीगलौज गर्दै आउट गरेका कारण प्रहरीमा उजुरी गर्न आएकी हुँ ।’ आफू गेस्ट हाउसमा आफ्नी आमासँग बस्दै आएको सुनाउँदै अर्चनाले भनिन्, ‘आइटमका लागि ५० हजारमा कुरा भएको थियो । तर, मलाई त्यो रकम पनि दिइएन ।’

archana-paneru
अर्चनाका अनुसार ‘किडन्याप’ को निर्माण तथा निर्देशन फुर्वा क्षिरिङ तामाङले गर्दै आएका छन् । अर्चना ‘पोर्न स्टार बन्छु’ भन्ने गफ दिएर चर्चामा आएकी हुन् । राजु गिरीको चलचित्र ‘जिस्म’ मार्फत रजतपटमा डेब्यु गर्न लागेकी अर्चनाले एकाएक आफ्नो डिमाण्ड बढाएकी छन् । अहिलेसम्म केही म्युजिक भिडियोमा मात्र मोडलिङ गरेकी अर्चनाले आफ्नो डिमाण्ड चलेका हिरोइनभन्दा बढी गरेकी छन् ।

Comments