थानकोटमा देखियो पाँचथरे रौनक
screennepal
प्रकाशित: २०७३, २ बैशाख बिहीबार
no img

सुकमाया राई

काठमाडौं । राजधानीलाई कर्मथलो बनाउँदै आएका विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमा संलग्न पाँचथरबासीले नयाँ बर्षको पहिलो दिन बुधबार थानकोटमा बृहत वनभोज आयोजना गरे । पाँचथरको विकास, निर्माण र भइपरिआउने दुःखसुखमा साथ र सहयोग गर्न भर्खरै गठन भएको पाँचथर समाजले सबैलाई एकै ठाँउमा भेटघाट गराई आपसमा भातृत्व र सौहार्दता अभिवृद्धि गर्न वनभोजको आयोजना गरेको समाजका अध्यक्ष सुमनकुमार थापाले बताए ।

panchathar
नयाँ वर्ष २०७३ को शुभारम्भसँगै पाँचथर समाज उदाएको वनभोजमा कार्यक्रममा उद्घोष गरिएको हो । थानकोटको रमाइलो वातावरणमा जिल्लाका अग्रज सामाजिक अभियन्ताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पाँचथरलाई माया गर्ने महानुभावहरुको सक्रियतामा प्रकाशन गरिएको वार्षिक क्यालेण्डरको विमोचन र पाँचथरका कलाकारहरु देसु सुहाङ, निलम रोजु राई, डिपी खनाल, इशक राई, प्रनय थाम्सुहाङ र सञ्जय तुम्रोकको बेजोड सांगीतिक प्रस्तुतिले वनभोजमा रौनकता थपेको थियो । वनभोजमा राजनीतिकर्मि, वकिल, पत्रकार, कलाकार, विभिन्न पेशा व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई यासेली योङहाङले सञ्चालन गरेका थिए ।

panchathare 1

Comments