फेरि ‘भर्सटाइल’ । आवरणमा श्वेता
screennepal
प्रकाशित: २०७३, २ बैशाख बिहीबार
no img

काठमाडौं । पाठकका लागि फेरि बजारमा ‘भर्सटायल’ आएको छ । जीवनशैलीलाई मुख्य आधार बनाइएर प्रकाशनमा ल्याइएको ‘भर्सटाइल’ म्यागजिन बुधबारदेखि बजारमा आएको छ । पत्रिकाले आवरणमा अभिनेत्री श्वेता खड्कालाई स्थान दिएको छ । जसले गर्दा पनि ‘भर्सटायल’ जीवनशैली केन्द्रीत पत्रिका हो भन्नलाई गाह्रो छैन । यो म्यागजिन यसअघि नै प्रकाशनमा आएको थियाृ । तर, विविध कारणले प्रकाशन बन्द भएको थियो । अहिले त्यही ‘भर्सटायल’लाई श्रेयष इन्टरनेशनल मल्टिप्रपोज प्रालिले प्रकाशनमा ल्याएको हो । म्यागजिनको एक भव्य समारोहबीच शान्ति तथा पुननिर्माण मन्त्री एकनाथ ढकालले सार्वजनिक गरे ।

Versatile

नयाँ वर्ष २०७३ को अवसरमा म्यागजिनको सार्वजनिक गर्दै मन्त्री ढकालले ‘भर्सटाइल’को भविष्य बलियो भएको बताए । उनले भने, ‘यहाँ रहेका विषयबस्तुहरु र टिमको नेतृत्वकर्ताले निरन्तर जीवन दिनसक्ने अठोट राख्नु नै म्यागजिनको कुशल भविष्य हो ।’

13010844_513858322134854_892839757642004545_n
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले म्यागेजिनमा समावेश गरिएका विषयहरु र फिचरहरु राम्रो रहेको बताउँदै म्यागेजिनको निरन्तरताको शुभकामना दिएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी प्रवक्ता शैलेन्द्र खनाल, श्रम विभाग प्रमुख शत्रुध्न प्रसाद पुडासैनी, मिडिया सोसाइटिका उपाध्यक्ष उज्वल शर्माले शुभकामना दिएका थिए ।
कार्यक्रममा म्यागेजिनका प्रधानसम्पादक विनोद ढकालले फरक धारको पत्रकारिता, सकारात्मक बाटोको पत्रकारितालाई भर्सटाइलले अँगाल्ने बताए । अंग्रेजी र नेपाली दुवै भाषालाई समेटेको म्यागेजिनले निरन्तरता पाउने प्रबन्ध निर्देशक श्रीषा पौडेलले बताइन् ।
म्यागेजिनको डिजिटल प्रकाशनसमेत सुरु भएको जानकारी गराइएको कार्यक्रमको उद्घोषण अधिवक्ता स्वागत नेपालले गरेका थिए भने १५ जना स्तम्भ लेखकहरुलाई प्रोत्साहन उपहार प्रदान गरिएको थियो ।

Comments