सलमानको सुल्तान लुक्स (टीजरसहित)
screennepal
प्रकाशित: २०७२, ३० चैत्र मंगलवार
no img

नयाँदिल्ली । बलिउड सुपरस्टार सलमान खानको महत्वकांक्षी फिल्म ‘सुल्तान’ को टीजर रिलिज भएको छ । यसमा सलमान खान कुश्तीबाज युवकको भूमिकामा देखिएका छन् । यस टिजरमा सलमान हाप पेन्टमा देखिएका छन् । टीजरमा उनले भनेका छन्, ‘‘हरियाणाको शेर, हरियाणाकी शान र हरियाणाकी जान सुल्तान अलि खान’ । यो फिल्मको पहिलो पोस्टर हिजोमात्र रिलि गरिएको हो । ‘सुल्तान’ मा सलमान हरियाणाको एक कुश्तीबाजको भूमिकामा देखिँदैछन् । फिल्ममा अनुष्का शर्माको पनि मुख्य अभिनय छ । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म ‘मेरे ब्रदर की दुल्हन’ निर्देशन गरेका थिए । यो फिल्म आउँदो ८ जुलाइर्मा रिलिज हुँदैछ । यसैदिन अभिनेता शाहरख खानको फिल्म ‘रईस’ पनि रिलिज हुँदैछ ।

Comments