पाश्र्वगायनमा रञ्जितकुमार
screennepal
प्रकाशित: २०७२, ३० चैत्र मंगलवार
no img

काठमाडौं । पछिल्लो समय पाश्र्वगायनमा व्यस्त बन्दै आएका गायक हुन् रञ्जितकुमार साहनी । यसै क्षेत्रमा आधा दशक बिताइसकेका रञ्जितकुमारले अझै पनि आफूलाई सिकारुका रुपमा लिन्छन् । चलचित्र र फुटकर गरी ४० भन्दा बढी गीतमा स्वर दिइसकेका रञ्जितकुमारको डेब्यु चलचित्र हो ‘गोरे’ ।

ranjit2

चलचित्र ‘गोरे’ को शीर्ष गीत उनकै स्वरमा सुन्न सकिन्छ । त्यसो त उनले फागु, सुटर, धनवान, अस्मिता, म नेपालीलगायत भोजपुरी एवं मैथिलि भाषाका चलचित्रमा समेत स्वर दिएका छन् । चलचित्र गायनमा खरो उपस्थिति जनाइसकेका रञ्जितकुमार भन्छन्, ‘नयाँ आउने हामीजस्तालाई प्रोत्साहन र उचित पारिश्रमिक दिनुपर्छ भन्ने कुरामा कसैले ध्यानै दिदैनन् । दामका लागि काम गर्ने हो, नामले पेट भर्दैन, यति ठूलो शहरमा हामी जस्तालाई टिकिरहने वातावरण गीत संगीतका अग्रजले बनाइदिनुपर्छ ।’

कुनै समय नेपाली रजतपटमा एकछत्र कब्जा जमाएका संगीतकार शम्भुजीत बास्कोटाको संगीतमा मात्र होइन अहिलेका जल्दाबल्दा संगीतकार वसन्त सापकोटा, विकास चौधरी, टंक बुढाथोकी, प्रलाद भक्त, नरहरिप्रेमीलगायतको संगीतमा स्वर दिइसकेका उनले बताए ।

Comments