Video : युवराजको ‘झुम मस्ती’ करिश्मा
screennepal
प्रकाशित: २०७२, २९ चैत्र सोमबार
no img

काठमाडौं । गायक तथा संगीतकार युवराज गुरुङ ‘झुम मस्ती’ लिएर आएका छन् । यो रक्स शैलीको एल्बमलाई प्रस्तुत गर्न १६ वर्ष पर्खनु परेको युवराजले बताए । समय र मिहिनेतअनुसार एल्बमका गीतमा प्राविधिक सदुपयोग भरपूर्ण गरेको पनि उनले बताए ।

Jhoom Masti VCD -1
‘झुम मस्ती’ मा दुईवटा गीत छन् । रातो रंगको झण्डाभित्र चन्द्र–सुर्य झल्किने र मोहनीको डोरीले आँखैमा राखौंकी बोलको यस गीतको भिडियोमा गोविन्द राई र मानबहादुर गुरुङले नृत्य निर्देशन गरेका छन् । यस भिडियोलाई म्युजिक नेपालले व्यवस्थापन गरेको हो ।
एल्बमका गीत मनोरञ्जनात्मक त छदैछ नै, साथै यसमा भरपूर सन्देशप्रवाह गरिएको छ । पर्यटन प्रवद्र्धन, संस्कृति धुनलाई आधुनिक, रफ–पपमा मिठो फ्यूजन गरी सुन्दर र आकर्षित बनाउने प्रयास गरिएको गायक गुरुङले बताए ।
यस गीतको भिडियो अभिनेत्री करिश्मा मानन्धर, सारिका केसी, सुर्यकुमार लामा र एलेक्स थापाले अभिनय गरेका छन् ।

Comments