‘युग’ सार्वजनिक : दुर्गालाई हेर्ने ‘त्यो काले काले केटा …’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २६ चैत्र शुक्रबार
no img

काठमाडौं । चर्चित पाश्र्व गायिका दुर्गा खरेललाई हेर्ने त्यो काले काले केटा को होला ? जसले दुर्गालाई हेरेर हैरान बनाएको छ । दुर्गालाई हेर्ने काले केटा स्क्रीनबाहिर जोसुकै होस् तर, भिडियो स्क्रीनमा भने त्यो काले केटा सुशान्तसिंह ठकुरी परेछन् । दुर्गाको नयाँ एल्बम ‘युग’ मा समावेश ‘त्यो काले काले केटाले’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यस भिडियोमा गायिका दुर्गाका अलावा रीमा विश्वकर्मा, एनी कुवँर र नम्रता सापकोटाले कम्मर मर्काएका छन् । भिडियोको निर्देशन पत्रकार सुव्रत आर्चायले गरेका हुन् ।

Durga Kharel, screennepal
दुर्गाको पछिल्लो ‘युग’ मा संगीतकार अर्जुन पोखरेलको एकल संगीत रहेको छ । यो एल्बमको राजधानीमा एक समारोहबीच बिहीबार गरिएको हो । एल्बममा संगीतकार पोखरेल तथा अमृत रेग्मीको शब्द सुन्न सकिन्छ ।
विमोचित एल्बमका पा“च गीतमा फणिन्द्र राई, महाराज थापा, किरण क“डेल तथा अर्जुन पोखरेलको संगीत संयोजन छ । एल्बममा ‘त्यो काले काले केटाले’, ‘के सुनाउ भन साथी’, ‘बरु यो ज्यानको बाजी’, ‘तिमीले त अर्कै मन परायौ’ तथा ‘बा“की जीवन जीउ“छु’ शीर्षकका गीत समावेश छन् । समारोहमा एल्बमको ‘त्यो काले काले केटाले…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।

Cover
यस भिडियोमा माइकल चन्दको कोरियोग्राफी छ भने अर्जुन तिवारी यो भिडियोका छायांकार हुन् । भिडियोका सम्पादक निशान घिमिरे हुन् । रमाइलो कुरा भने यही गीतको कभर भर्सन यसअघि नै यूट्युबमार्फत लोकप्रिय भइसकेको छ । यूट्युवमा करिव डेढ लाखपटक उक्त भिडियो हेरिसकिएको छ । एल्बमकै ‘बरु यो ज्यानको बाजी’ गीतको म्युजिक भिडियो यसअघि नै प्रदर्शन भैसकेको छ जसमा नायिका महिमा सिलवाल तथा अशोकले अभिनय गरेका छन् । यो गीतको सिआरबिटी तथा पिआरबिटी पनि धेरै पटक डाउनलोड भइसकेको छ ।

सुगम संगीत तथा पाश्र्वगायनमा लोकप्रिय भएकी गायिका हुन् दुर्गा खरेल । सुगम संगीतबाटै आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेर नेपाल चलचित्रमा अहिले सबैभन्दा व्यस्त तथा लोकप्रिय भएका संगीतकार हुन् अर्जुन पोखरेल । संयोगको कुरा के छ भने गायिका खरेलका अधिकांश लोकप्रिय गीतका संगीतकार अर्जुन पोखरेल नै हुन् । आधुनिक गीत होस् अथवा चलचित्रको गीत, संगीतकार पोखरेलको संगीतमा गायिका खरेलले गाएका अधिकांश गीत लोकप्रिय भएका छन् । यसैबेला गायिका खरेल र संगीतकार पोखरेलको सहकार्यमा ‘युग’ आएको हो ।

गायिका दुर्गा खरेलले यसअघि ‘दिल’ शीर्षकको एकल एल्बम सार्वजनिक गरिसकेकी थिइन् । उक्त एल्बमको ‘किन किन उनीलाई…’ गीत लोकप्रिय मात्रै भएन, गायिका खरेललाई दुई भिन्न एवार्ड समारोहमा सर्वोत्कृष्ट पप गायिकाको एवार्ड दिलाउन समेत सफल भयो । सोही एल्बमको ‘वैश जस्तो बादल’ गीतबाट गायिका खरेलले छिन्नलता पुरस्कार पाइसकेकी छन् । उक्त गीतमा सुरेश अधिकारीको संगीत तथा दिनेश अधिकारीको शब्द छ । यसबाहेक चलचित्र ‘दीलमाया’ को ‘छुट्छ कि साथ टुट्छ कि नाता’ गीतबाट गायिका खरेलले पाश्र्वगायनमा नेफ्टा चलचित्र एवार्ड, ‘रिमझिम रिमझिम पानी पर्यो’ बाट विन्ध्वासिनी एवार्ड, ‘मेची महाकाली मिचियो’ गीतबाट इमेज एवार्ड तथा ‘किन किन’ गीतबाट विन्ध्यवासिनी एवार्ड पाइसकेकी छन् । अहिले आएर फेरि दुर्गा ‘त्यो काले काले केटाले’ मार्फत चर्चामा आउन खोजिरहेकी छिन् ।

Comments