Exclusive Interview : मेगास्टार राजेशको रोजाइमा सिम्पल युवती (भिडियो वार्ता)
screennepal
प्रकाशित: २०७२, २४ चैत्र बुधबार
no img

नेपाली गायनका यी ‘मेगास्टार’ले हालैमात्र ‘मिनि म्युजिकल वल्र्ड टुर’ गरेर राजधानी काठमाडौं फर्केका छन् । योसहित तेस्रोपटक ‘म्युजिकल वल्ड टुर’ गरेका राजेशपायलले संसारका अधिकांश मुलुक चिहाइसकेका छन् नजिकबाट । नेपालमात्र नभएर विश्वका हरेक मुलुकमा राजेशपायलको कन्र्सटमा महिला नै बढी दर्शक तथा उनका फ्यान हुन्छन् । यो कुरा उनी पनि स्वीकार्छन् । अविवाहित त्यसैमाथि उनको भर्सटायल कलादेखि मख्ख हुनेहरु ७ वर्षका बालकदेखि ७० वर्षको बृद्ध–बृद्धासम्म छन् ।

एमपी सुब्बा

काठमाडौं । गसिपकारहरुका लागि गायक राजेशपायल राई पहिलो नम्बरमा पर्छन् । राजेशपायलले बोलेका हरेकशब्द मिडियामा समाचार बन्छ अनि हिरोइनसँग कुरा गर्दा गसिप । उनी गायक हुन् तर, उनको नाम हिरोइनसँगै बढी जोडिन्छ । र, ठूला–ठूला अक्षरमा गसिपमा छापिन्छ, ‘राजेशपायल राई फलाना हिरोइनसँग विवाह गर्दैछन्, फलानासँग रोमान्स…, यस्तै, यस्तै । त्यसैले त राजेशपायल राईलाई आज ‘मेघास्टार’ बनाइयो अर्थात् दर्शक/श्रोताले देशकै स्टार भनि स्वीकारेका छन् ।

rajesh payal rai, screennepal 1

 हो, राजेशपायल पहिलो नाम हो, तर उनलाई नेपाली गायन क्षेत्रका ‘भर्सटायल गायक’ भन्छन् । र, ‘राई इज किङ’ भन्नेवित्तिकै बुढा–बुढीदेखि भुराभुरीसम्मले चिन्ने गर्छन् राजेशपायल राईलाई । पछिल्लो समय उनको नाममा जोडिएको छ, ‘मेगास्टार’ ।

आफ्नो सांगीतिक करिअरमा निरन्तर सफलताको स्वाद चाख्दै आएका राजेशपायलको स्वरमा हजारौं गीत छन् र सयौं लोकप्रिय । यस्ता गायकलाई ‘मेघास्टार’ उपमा राज्य नदिएपनि श्रोता÷दर्शकले दिएका छन् । एउटा कलाकारको लागि सबैभन्दा ठूलो कुरा भनेकै दर्शक तथा श्रोता हुन् ।
नेपाली गायनका यी ‘मेगास्टार’ले हालैमात्र ‘मिनि म्युजिकल वल्र्ड टुर’ गरेर राजधानी काठमाडौं फर्केका छन् । योसहित तेस्रोपटक ‘म्युजिकल वल्ड टुर’ गरेका राजेशपायलले संसारका अधिकांश मुलुक चिहाइसकेका छन् नजिकबाट । नेपालमात्र नभएर विश्वका हरेक मुलुकमा राजेशपायलको कन्र्सटमा महिला नै बढी दर्शक तथा उनका फ्यान हुन्छन् । यो कुरा उनी पनि स्वीकार्छन् । अविवाहित त्यसैमाथि उनको भर्सटायल कलादेखि मख्ख हुनेहरु ७ वर्षका बालकदेखि ७० वर्षको बृद्ध–बृद्धासम्म छन् । तैपनि अहिलेसम्म आफूले चाहेजस्तो युवती पाउन नसकेको उनको भनाइ छ । ‘विवाह गर्ने बेला त भएकै हो’ उनी भन्छन्, ‘तर, मैले चाहेजस्तो युवती पाएकै छैन ।’

हुन त कलाकारलाई धेरैले मन पराउँछन् । तर, विवाह गर्न हत्तपत्त कोही तयार हुँदैनन् । तर, राजेशपायलका लागि त्यस्तो छैन । बरु ‘विवाह नगरे मर्छु’ भन्ने युवतीहरु उनको लाइनमा छन् । स्क्रीन नेपालसँग सांगीतिक टुर तथा प्रेम र विवाहबारे कुरा गदैै यी ‘मेगास्टार’ले भने, ‘विवाह हुनलाई त सबैथोक जुर्न पनि पर्दोरहेछ । त्यो अहिलेसम्म जुरेको छैन ।’ मेघास्टारको पत्नी हुनका लागि त्यो युवतीमा के कस्तो गुण हुनुपर्छ त ? प्रश्नको जवाफमा भने, ‘एकदमै सिम्पल । मलाई जात वा वर्गको कुनै मतलव छैन । सकेसम्म त किरातीकै छोरी भए राम्रो । तर, यस्तै हुनुपर्छ भन्ने छैन ।’
केही समयका लागि नेपालमै रेष्ट गर्ने सोचमा रहेका राजेशपायलले चौथो म्युजिकल वल्र्ड टुर भने नयाँ वर्षको बैशाख ३० गतेबाट अमेरिकादेखि सुरु गर्दैछन् । हङकङलाई विशेष रुपमा लिएका उनलाई अब अजेन्टिनामा कार्यक्रम गर्ने सोच छ । तर, त्यहाँ नेपाली खाशै नभएका कारण सांगीतिक कार्यक्रम गर्न असम्भवजस्तै छ । नेपालीको पुर्खाले लडेको देश भएकाले अजेन्टिनामा कार्यक्रम गर्न रुचाएका उनले बताए । ‘अजेन्टिनाको टिमको म फ्यान पनि हुँ’, उनले भने, ‘तर, अजेन्टिनामा नेपाली छैनन् भन्दा पनि हुन्छ ।’ हङकङमा मात्र सांगीतिक कार्यक्रमका क्रममा २३ पटक पुगिसकेका उनले भने, ‘हङकङले त मलाई सधैं बोलाइरहेको जस्तो लाग्छ ।’

 

Comments