एचआईभी संक्रमित बालबालिकासँग ‘राहदानी’
screennepal
प्रकाशित: २०७२, २३ चैत्र मंगलवार
no img

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीहरुले बिप्रसन (रेमिट्यान्स) मात्र भित्राएका छैनन् । उनीहरुले एड्स जस्तो रोग भित्राएर आफ्ना परिवारलाई पीडित समेत बनाएका छन् । त्यसैले बैदेशिक रोजगारका सकरात्मक र नकरात्मक थुप्रै पाटाहरु छन् ।

IMG_2921 (1)
यसै क्रममा बैदेशिक रोजगारमा गएर आएकाहरुका सन्तान एचआईभी सँक्रमितको शिकार बन्नु परेको छ । यस्तै एचआईभी सँक्रमित बालबालिकालाई चलचित्र राहदानी देखाईएको छ । राजधानीको अष्टनारायण हलमा यस्ता एचआईभी सँक्रमित ३० जना बालबालिकालाई राहदानी देखाईएको छ ।
फिल्म हेर्ने क्रममा उनीहरु हाँसे र रोए पनि । चलचित्र हेर्दा केही समय उनीहरुले आफ्ना पीडा विर्सिए । राहदानी हेरेपछि उनीहरुले बैदेशिक रोजगारमा जानेहरुलाई सबै कुरा बुझेर जान र आफ्ना परिवार प्रति जिम्मेवार हुन आग्रह गरेका छन् । यसो भएमा आफुहरु जस्तो एचआईभी सँक्रमित अरुले हुनु नपर्ने उनीहरुको सुझाब छ ।
चलचित्र राहदानी यतीबेला राजधानी र मोफसलका ३४ ओटा सिनेका हलमा दोस्रो साता प्रदर्शन भईरहेको छ । चलचित्रको लेखन निर्देशन डब्बु क्षत्रीले गरेका हुन् । यसका प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकालका अनुसार चलचित्रको दोस्रो साताको व्यापार पनि सुखद छ । अझै पनि राजधानीको गोपिकृष्ण, गुण, अष्टनारायाण, मोफसलको लालबन्दी, बर्दिबास, सिन्धुली लगायत विभिन्न स्थानमा राहदानी हाउसफुलका साथ प्रदर्शन भईरहेको छ ।

Comments