हिरोइनहरु किन आत्महत्या गर्छन् ? रहस्यमय थियो दिव्याको मृत्य !
screennepal
प्रकाशित: २०७२, २३ चैत्र मंगलवार
no img

मुम्बई । टिभी अभिनेत्री प्रत्युषा बनर्जीको आत्महत्याबारे अहिले बलिउड नगरीमा विभिन्न प्रश्न उठ्न थालेको छ । चर्चित सिरियल ‘बालिका वधु’की अभिनेत्री प्रत्युषा मात्र २४ वर्षकी थिइन् । यो उमेरमै आत्महत्या गर्नु कुनै कारण थिएन । तर, यस्तो पहिलो घटना भने होइन जबकि, बलिउड फिल्मजगत यसअघि पनि केही हिरोइनले यस्तै कदम उठाइसकेका छन् । यसअघि अभिनेत्री दिव्या भारतीले पनि आत्महत्या गरेकी थिइन् ।

Pratyusha Banerjee, screennepal

Pratyusha Banerjee

९० को दशकको कुरा हो । दिव्या भारती एक यस्ती अभिनेत्री थिइन्, जसले १९ वर्षमै फिल्मी दुनियाँमा उचाइ लिएकी थिइन् । मिहिनेत र संघर्ष गरेअनुसार दिव्यालाई छोटो समयमै सफलता मिलेको थियो । ९० को दशकमा दिव्या नम्बर एक हिरोइन थिइन् तर, त्यतिखेरै उनको मृत्युको खबर आएको थियो ।

divya bharti, screennepal

divya-bharti

दिव्याको मृत्यु सन् १९९३ मा आजकै दिन अर्थात् ५ अप्रिलमा भएको थियो । दिव्या भारतीको रहस्यमय मृत्यु भएको थियो । दिव्याको मृत्यु पाँच तलाबाट खसेर भएको थियो । उनी कसरी खसिन्, त्यो अझै रहस्यमै छ । सन् १९७४ मा जन्मिएकी दिव्याको सन् १९९२ मा चर्चित निर्माता साजिद नाडियावालासँग विवाह भएको थियो । दिव्याको वास्तविक नाम सना थियो । तर, विवाहपछि उनले आफ्नो नाम दिव्या बनाएकी थिइन् । विवाह गरेको एक वर्षमै दिव्याको मृत्यु भएको हो । त्यतिखेर दिव्याको मृत्युलाई आत्महत्या भनेका थिए भने केहीले उनलाई धकेलेर हत्या गरिएको भनिएको थियो ।
दिव्याले तेलुगू फिल्ममार्फत अभिनय करिअर सुरुआत गरेकी थिइन् । बलिउडमा दिव्याले फिल्म ‘विश्वात्मा’मार्फत डेब्यू गरेकी थिइन् । दिव्याले तीन वर्षको अवधिमै २१ वटा फिल्ममा काम गर्न भ्याएकी थिइन् ।
दिव्याको ‘दीवाना’ र ‘शोला और शबनम’जस्ता सुपरहिट फिल्म थियो । ‘दीवाना’ मा दिव्या ऋषि कपूर र शाहरुखकी हीरोइन बनेर अभिनय गरेकी थिइन् । ‘दीवाना’ फिल्मका सबै गीत सुपरहिट भएका थिए । यस्तै, अहिले प्रत्युषाको मृत्युबारे विभिन्न आशंका गरिएको छ । केही बलिउडकर्मीले प्रत्युषाको मृत्युलाई हत्या भनिरहेका छन् । टिभी सिरियलमा चम्किँदै गरेकी प्रत्युषाको आत्महत्याको समाचार आएसँगै उनका व्वायफ्रेन्डलाई मुम्बई प्रहरीले पक्राउ गरी सोधपुछ गरिरहेको छ । (एजेन्सी)

https://www.youtube.com/watch?v=EA6TIfSXpeI

Comments