युकेको अक्सफोर्डमा बग्यो ‘काबेली’
screennepal
प्रकाशित: २०७२, २२ चैत्र सोमबार
no img

janu

काठमाडौं । ताप्लेजुङ र पा“चथर जिल्लाको सिमा भएर बग्ने खोलाको नाम हो काबेली । यहि नदीको आसपासमा रहेको गाउँबस्ती, समाज, संस्कृति र बस्तुस्थितिमा त्रिकोणात्मक प्रेमकथामा चलिचत्र ‘काबेली’ निर्माण भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लिद्वारा निर्माण भएको यो चलचित्र गत हप्ता युकेको अक्सफोर्डमा प्रिमियर शो गरिएको छ । उक्त शोमा चलचित्र ‘काबेली’ की गीतकार तथा कवयित्री जानु काम्वाङ लिङ्देन, अन्तराष्ट्रिय व्यावस्थापक विजयविक्रम लिम्बू लिङ्देन र नायक जयसङ लिङ्देनको उपस्थिति थियो । मनोरञ्जनात्मक तथा सन्देशमूलक यस चलचित्रलाई युकेको अक्सफोर्ड, लण्डनलगायत बेल्जियम र हङकङमा पनि प्रदर्शन गरिने अन्राष्ट्रि व्यावस्थापक विजयविक्रमले बताएका छन् ।

kabel3
चलचित्रमा उदय सुब्वा, उपासना नेम्वाङ, जयसङ लिङ्देन, सोम लामा, राजकुमार लिङ्देनलगायका कलाकारको अभिनय छ । जयसङले यसै चलचित्रमार्फत डेब्यु गरेका हुन् । जानु काम्वाङ लिङ्देनको गीत, विकास चौधरीको संगीत, विक्रम डिसीको छायांकन रहेको ‘काबेली’ को कार्यकारी निर्माता सुमित लिङ्देन, सुदिता लिङ्देन र निर्मात्री कविता राई लिङ्देन हुन् । दिनेश लिङ्देनको कथा÷ निर्देशन रहेको ‘काबेली’ विदेश प्रदर्शनपछि मात्र नेपालमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

Comments