राष्ट्र र राष्ट्रियताको आवाज लिएर आयो ‘जन्मभूमि’
screennepal
प्रकाशित: २०७२, १९ चैत्र शुक्रबार
no img

काठमाडौं । चलचित्र ‘जन्मभूमि’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा लागेको छ । बरिष्ठ कलाकार तथा निर्देशक यो चलचित्रमा राष्ट्रियताको आवाज बुलन्द गरिएको छ । निर्देशक निरौलाकै कथा तथा पटकथा रहेको ‘जन्मभूमि’ले ले नारीको हकअधिकारको कुरालाई पनि शसक्त रुपमा उठाएको छ ।

Janmabhumi (12)
निर्देशक निरौलाका अनुसार चलचित्रमा सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, बाह्य हस्तक्षेप एवं जनजीवनका विविध पक्ष समेटिएको छ । चलचित्रले नारी अधिकारको कुरालाई पनि जाोडिएको छ । यस चलचित्रमा एउटा संस्कृत भाषाको गीत समेत समेटिएको छ, जो संस्कृति भाषाको गीत समेटिएको यो पहिलो नेपाली चलचित्र हो । निर्देशक निरौलाले ‘जन्मभूमि’ले आफ्नो जन्मभूमिप्रतिको प्रेम तथा राष्ट्रिय भावना जागृत गरेको बताए ।
चलचित्रमा सुरज गिरी निर्माता र लक्ष्मी शर्मा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्मातामा कविता निरौला रहेकी छन् । चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनुशाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र निर्देशक मोहन निरौलाकै पनि मुख्य अभिनय हेर्न सकिन्छ । यस चलचित्रमा चेतन कार्की, पुण्य निरौल र शान्तिप्रियले गीत लेखेका छन् भने युवराज राईको छायांकन र शंकर बिसीको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ । ‘जन्मभूमि’ मा अष्ट महर्जनको द्धन्द्ध निर्देशन गरेका छन् । स्मरणीय कुरा के छ भने यस चलचित्रमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कुरा पनि उठाएको छ, जबकि, यो चलचित्र गत वर्ष विनाशकारी भूकम्प जानुअघि नै छायांकन गरिएको थियो । छिमेकीको राजनीति थिचोमिचोको विषय उठाउँदा नाकाबन्दीको कुरा आएको निर्देशक निरौलाले बताए ।

Comments