‘जिस्म’ अब ‘अर्चना’ अर्चनाको रोजाईमा प्रदीप !
screennepal
प्रकाशित: २०७२, १७ चैत्र बुधबार
no img

काठमाडौं । चलचित्र ‘प्रेमगीत’ हिट भएपछि नायक प्रमोद खड्का चर्चामा छन् । चलचित्रमा प्रमोदको अभिनेत्री पुजा शर्मासँग राम्रै जोडी जमेको थियो । प्रमोदको जीवनमा ‘प्रेमगीत’ हिट भएपछि थुप्रै पुजा शर्मा बन्न खोज्नेहरु छन् । यसैबेला ‘पोर्न स्टार बन्छु’ भनेर चर्चामा आएकी अर्चना पनेरुको आँखामा पनि प्रमोद परेको छ । राजु गिरीको चलचित्र ‘जिस्म’ मार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेको अर्चनाले प्रमोदसँग चलचित्रमा अभिनय गर्ने इच्छा व्यक्त गरेकी छन् ।

archana-paneru
बुधबार राजधानीमा आयोजित चलचित्र ‘जिस्म’ को पत्रकार भेटघाटमा पत्रकारहसँग कुरा गर्दै अर्चनाले आफूलाई प्रदीप खड्कासँग काम गर्न मन लागेको खुलाएकी हुन् । ‘प्रेमगीत’ बाट एकाएक चर्चामा आएका प्रदीपलाई अर्चनाले आफ्नो पार्न स्वभाविक पनि हो । तर, विवादस्पद छविका कारण चर्चामा आएकी अर्चनासँग प्रदीपले चलचित्र खेल्छन् त ? यो कुरा प्रदीप नै जानुन् ।
कार्यक्रममा निर्देशक गिरीले निर्माण ईजाजतविना नै छायाँकनमा गएपछि विवादमा आएको प्रति पश्चाताप गरेका छन् । गिरीले बजार तताउनका लागि जानाजान गल्ति गरेको स्वीकारर्दैै भने, ‘राज्यले बनाएको नियम तोड्नुलाई आफैले अपराध गरेको भान भएको छ ।’
अनुमति बिना छायाँकनमा गएपछि चलचित्र विकास वोर्डले प्रहरी लगाएर केही दिनअघि स्थलबाटै निर्देशकसहित कलाकारलाई नियन्त्रणमा लिएको थियो । उनले ‘जिस्म’बाट चलचित्रको नामै परिवर्तन गरी ‘अर्चना’ बनाएको समेत बताए ।

Comments