‘ए, साइँला…’ सम्झनामा यो भिडियो (एकपटक हेर्ने हो कि !)
screennepal
प्रकाशित: २०७२, १७ चैत्र बुधबार
no img

काठमाडौं । भावना हो गीत अनि समय, समाज र परिवेशको चित्रण पनि हो । हरेक गीतसँग कुनै न कुनैको व्यक्तिको भावना र अन्तरवस्तुसँग मेल खाएकै हुन्छ । ‘ए, साइँला…’ एउटा यस्तै गीत हो, गायिका अनिला राईको । यस गीतले आत्मीयता एवं स्वच्छ मित्रताको पार्दुभाव दर्साएको छ भने ग्रामिण परिवेशको सम्झानाको पनि तार्जकी गराएको छ । पुर्वेली लोकआधुनिक भाकामा गाइएको ‘ए, साइँला…’ बोलको यस गीतलाई थोरै समयमै धेरै श्रोता तथा दर्शकले रुचाएका छन् ।
गीतको पहिलो हरप :
पहिलेजस्तो हुँदैन भेट, भेट भाथ्यो पोहोर साल
त्यो पनि साइँला नभनि गयो आउनु है यही साल ।

Anila Rai (4)
यो गायिका अनिलाको सातौं एल्बम ‘स्वरांकन’ को चौथो भिडियो हो । यसअघि अनिलाले ‘स्वरांकन’ को तीनवटा म्युजिक भिडियो ल्याइसकेकी छन् । मेरो नजर भन्दा, आँखाभरी इन्द्रेणी र एक चिम्टी सिन्दुर बोलका गीतको म्युजिक भिडियो दर्शक तथा श्रोताका लागि पस्किसकेकी हुन् । ती गीत तथा भिडियो पनि दर्शकले रुचाएका छन् । यसैबेला अनिलाले चौथो भिडियोका रुपमा ‘ए, साइँला…’ पस्केकी छन् । यसबाट पनि सकरात्मक प्रतिक्रियाको अपेक्षा अनिलाले गरेकी छन् । लिप्सिङ भिडियो हो यो । तर, गीतको मिठा भाव तथा सुन्दर संगीत सिर्जनाका कारण श्रोताले छोटो समयै आफ्नो मनमा राखेका छन् । करिब एक दशकदेखि बेलायत बस्दै आएकी गायिका अनिलाले यो आफ्नो गीतबाट गाउँघरमात्र नभएर आफ्ना पुराना साथीसंगीलाई पनि सम्झेकी छन् ।

Comments